Advertisement

बुढीगण्डकीको आयोजना: साढे ५५ अर्ब लागत, ५ वर्षमा सकिने

0 62

Advertisement

११ मंसिर, काठमाडौं । राष्ट्रिय गौरब आयोजना बुढीगण्डकी जलविद्युत साढे ५५ अर्ब लगानीमा बन्ने भएको छ । आयोजनाको वातावारणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनअनुसार आयोजना निर्माणको लागत ५५ अर्ब ५७ करोड ९० लाख रुपैयाँमा रहेको छ ।

सरकारले बुढीगण्डकी जलविद्युत आयोजनालाई प्राथमिकता राख्दै आएको छ । गोर्खा जिल्लाको चुमनुम्ब्री–३, धार्चे–१ र धार्चे–३ जिल्लामा निर्माण हुने उक्त आयोजनाबाट ३४१ मेगावाट बिजुली उत्पादन गर्ने प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनअनुसार आयोजनाको पावरहाउस साइट उयिया र तातोपानी गाउँपालिमामा हुनेछ । आयोजनामा एक वटा एप्रोच टनेल हुनेछ । उक्त टनेल ७.२ मिटर आकारको ३९० मिटर लम्बाइको इन्भरर्टेड डी आकारको टनेल हुनेछ । त्यस्तै, आयोजनासँग जोड्नका लागि तीन वटा सुरुङ हुनेछ । उक्त सुरुङ १३८ मिटर लम्बाइ हुने जनाएको छ ।

त्यसैगरी, आयोजनामा ५.८ किलोमिटर लम्बाइको हेठरेस टनेल हुनेछ । प्रतिवेदनअनुसार ६ वटा टरबाइन हुनेछ भने उक्त प्रति टरवाइन ६.४३ मेगावाटको हुनेछ ।

आयोजनाबाट सुक्खायाममा प्रतिघण्टा ३४९.०६ गिगावाट र उच्च सुक्खायाममा २०७.४९ गिगावाट बिजुली उत्पादन हुनेछ । जसमा सुक्खा मौसममा औसत प्रतिघण्टा ५५७.५६ गिगावाट विजुली उत्पादन हुनेछ । तर, वर्षायाममा भने आयोजानबाट १२८०.६ गिगावाट बिजुली उत्पादन हुनेछ ।

सुक्खा र वर्षा गरी औषत प्रतिघण्टा १८३७.१६ गिगावाट विजुली उत्पादन हुनेछ ।

प्रतिवेदनअनुसार हालको आयोजनाको वर्तमान मूल्य १२ अर्ब ६ करोड १ लाख रुपैयाँ छ । आयोजनाबाट प्रतिफलको आन्तरिकदर १३.८१ प्रतिशत रहेको छ । साथै, १५.१२ प्रतिशत इक्विटी फिर्ता गर्ने जनाएको छ । साथै, आयोजनाको निर्माण अवधि ५ वर्षमा सम्पन्न गर्ने उल्लेख छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.