Advertisement

आज ३ प्रदेशमा भारी वर्षाकाे सम्भावना

0 22

Advertisement

१५ असाेज, काठमाडाैं । काठमाडाैँ।हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ। साथै, भारतको बिहार र पश्चिम बंगालमा विकसित न्यून चापीय क्षेत्रको प्रभाव पनि नेपाली आकाशमा देखिएको छ।

आज तीनवटा प्रदेशमा मुसलधारे वर्षा हुने पूर्वानुमान जल तथा मौसम विज्ञान विभागले गरेको छ।विभागका अनुसार कोशी, मधेश र लुम्बिनीका केही क्षेत्रमा भारी वर्षा हुने सम्भावना छ। यस्तै, कोशी, मधेश, वागमती, गण्डकी र लुम्बिनीका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।

आज दिउँसो देशभर सामान्य बदली रहनेछ। कोशी, मधेश, वागमती, गण्डकी र लुम्बिनीका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, मधेश र लुम्बिनीका १-२ स्थानमा भारी वर्षाको समेत सम्भावना छ।

आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेश, वागमती र लुम्बिनीका केही तथा बाँकी प्रदेशका १-२ स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.