Advertisement

तीन रक्तसमूहलाई कोभिडको उच्च जोखिम

0 90

Advertisement

१५ असाेज, काठमाडाैं । कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोनको विकासले गर्दा अझै विश्वभर त्रासको वातावरण छ । प्रायः मुलुकका सरकारले कोरोना भाइरसको बारेमा विभिन्न दिशानिर्देशसमेत जारी गरेका छन् । यसै बीच भारतमा यससम्बन्धी एक अध्ययन भएको छ । यस अध्ययन अनुसार केही निश्चित रक्तसमूह भएका व्यक्तिहरूमा कोरोनाको जोखिम बढी हुने पाइएको छ ।

दिल्लीको सर गंगाराम अस्पतालले गरेको अध्ययनमा यो खुलासा भएको हो । यस अध्ययन अनुसार ए ब्लड ग्रुप, बी ब्लड ग्रुप र आरएच पोजिटिभ भएका मानिसमा कोरोनाको जोखिम बढी हुन्छ । तर एबी ब्लड ग्रुप, ओ ब्लड ग्रुप र आरएच नेगेटिभ भएकाहरूलाई कोरोनाको जोखिम कम हुन्छ । यसबाहेक अध्ययनबाट कोरोनाको बारेमा अन्य धेरै महत्वपूर्ण कुराहरू पनि जानकारीमा आएका छन् ।

अस्पतालको अध्ययनले के भन्छ ?

गंगाराम अस्पतालद्वारा गरिएको अध्ययनमा सन् २०२० अप्रिल ८ देखि अक्टोबर ४ (६ महिना) को बीचमा अस्पतालमा भर्ना भएका २,५८६ कोभिड पोजिटिभ बिरामीहरूलाई समावेश गरिएको थियो । यसमा ए, बी, ओ र आरएच रक्तसमूहहरू कोभिड–१९ को संवेदनशीलतासँग सम्बन्धित भएको देखियो ।

फ्रन्टियर्स इन सेलुलर एन्ड इन्फेक्सन माइक्रोबायोलोजीमा यो शोधपत्र प्रकाशित भएको छ, जसअनुसार विभिन्न रक्तसमूहमा कोरोनाको फ्रिक्वेन्सी रिपोर्ट गरिएको छ ।

  • ए रक्तसमूहको आवृत्ति २९.९३ %
  • बी रक्तसमूहको आवृत्ति ४१.८ %
  • ओ रक्तसमूहको आवृत्ति २१.१९ %
  • एबी रक्त समूहको फ्रिक्वेन्सी ७.८९ % थियो ।

यो अनुसन्धान अस्पतालको ब्लड ट्रान्सफ्युजन मेडिसिन अनुसन्धान विभागले गरेको हो । यसमा विशेष गरी आरएच कारकको बारेमा पनि कुरा गरिएको छ । आरएच एक प्रोटिन हो, जुन रातो रक्तकोशिकाहरूको सतहमा हुनसक्छ । जसको रगतमा यो हुन्छ उनीहरुलाई आरएच पोजिटिभ र नहुनेहरुलाई आरएच नेगेटिभ भनिन्छ । यसले यो पनि बताउँछ कि कुन मानिसमा कोभिड–१९ को जोखिम बढी छ र कुन कम ।

अनुसन्धानको अन्त्यमा यो निस्कर्ष निकालियो कि ब्लड ग्रुप ए र बी भएका वा जोसँग आरएच पोजिटिभ तत्व छ उनीहरूलाई कोभिड संक्रमणको बढी सम्भावना हुन्छ । जबकि ओ, एबी रक्तसमूह भएका वा रगतमा आरएच तत्व नभएका मानिसमा कोरोनाको जोखिम कम हुन्छ ।

पुरुषहरूमा उच्च जोखिम:

महिला बिरामीको तुलनामा बी ब्लड ग्रुप भएका पुरुषमा कोभिड–१९ को जोखिम बढी रहेको अनुसन्धानमा देखियो । एबी ब्लड ग्रुप भएका ६० वर्ष उमेर समूहका बिरामीमा पनि संक्रमणको जोखिम बढी हुन्छ ।यद्यपि, अनुसन्धानले विशेष रक्तसमूहको संवेदनशीलता, रोगको गम्भीरता र मृत्युदरबीच कुनै सम्बन्ध फेला पारेको छैन । ए ब्लड ग्रुप र आरएच पोजिटिभ ब्लड ग्रुप भएका व्यक्तिहरूलाई छिट्टै कोरोना लाग्न सक्छ र उनीहरूलाई यसबाट निको हुन अरूको तुलनामा बढी समय लाग्न सक्छ ।

अर्कोतर्फ, विश्वभर कोरोनाको नयाँ भेरिएन्ट अर्थात् ओमिक्रोनको चर्चा भइरहेको छ । शायद यसबारेमा विश्वमै नयाँ अनुसन्धान भइरहेका छन् । यता भारतले ओमिक्रोनबाट प्रभावित देशहरूबाट आउने विदेशी यात्रुहरूका लागि ट्राभल एड्भाइजरी जारी गरेको छ र कोरोना भाइरसका विषयमा हुने हरेक साना–ठूला गतिविधिहरूमा निगरानी गरिरहेको छ ।

स्रोतonlymyhealth.com



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.