Advertisement

नवलपुरको सिंगो नेकपा एस कमिटीले गर्‍यो पार्टी परित्यागको गर्ने घोषणा

0 13

Advertisement

१३ असाेज,नवलपुर।नेकपा एकीकृत समाजवादी जिल्ला कमिटी नवलपुरका अध्यक्ष झविलाल रानाले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । अध्यक्ष रानासहित नवलपुरको नेकपा एस सिंगो टिमले पार्टी परित्याग घोषणा गरेका हुन् । अध्यक्ष रानासहित ३१ जना नेताले प्रेस विज्ञप्ती जारी गर्दै पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।

विभिन्न कमिटी र जनवर्गिय संगठनको जिम्मेवारी भूमिकामा रहेकाहरूले असोज ५ गतेका दिन पार्टीको केन्द्रीय कमिटी र गण्डकी प्रदेश कमिटीमा गराइएको ध्यानाकर्षणका सम्बन्धमा कुनै सुनुवाई, छलफल, निणर्य समेत नभएको हुँदा पार्टीमा रहिरहनुको औचित्य समाप्त भएको भन्दै पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।

अध्यक्ष रानासहित उपाध्यक्ष प्रेमनारायण पाण्डे, उपसचिव हुमकान्त पराजुली, गोविन्द सुनार, प्रदेश कमिटी सदस्य श्यामप्रसाद भुर्तेल, खगराज कँडेल र समाजवादी पे्रस संगठनका केन्द्रीय सदस्य खगेन्द्र पराजुलीले पार्टी परित्यागको घोषणा गरेका छन् । जिल्ला सदस्य ऋषिराम डुम्रे, मनरखा झेंडी, राजु चापागाई, धनलाल भुसाल, सिता अधिकारी पराजुली, होमकुमारी पोख्रेल, सुन्दरजंग कुँवर र सूर्यप्रसाद कँडेल पनि पार्टी परित्याग गर्ने सूचीमा छन् ।

पार्टी परित्याग गर्नेमा जिल्ला सदस्य मनबहादुर सारु, दधिराम पाण्डे, ईन्द्र चापागाई, पूणर्बहादुर सोती, मोहनराज घिमिरे, प्रेमकुमारी शर्मा, नमकान्त भुसाल, लिला सुनार, अर्जुन विक र विजय भण्डारी पनि छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.