Advertisement

दुर्घटनामा खुट्टा गुमाएकी घिमिरेलाई आर्थिक सहयोग

0 17

Advertisement

१३ असाेज,काठमाडौं। सवारी दुर्घटनामा खुट्टा गुमाएकी रामेछापकी कांग्रेस नेत्री एन्ड्रिना घिमिरेलाई अर्थिक सहयोग गरिएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का सचिव शङ्कर खड्काको पहलमा अमेरिकामा बस्ने नेपालीबाट सङ्कलन गरिएको रू तीन लाख ५१ हजार एक सय ११ आज कांग्रेसका पूर्वमहामन्त्री डा शशाङ्क कोइरालाले घिमिरेलाई हस्तान्तरण गर्नुभयो ।

कार्यक्रममा कांग्रेस नेता डा कोइरालाले रकम सङ्कलनको संयोजन गर्ने र सहयोग गर्नेलाई धन्यवाद दिँदै आगामी दिनमा पनि सहयोग हुने विश्वास व्यक्त गर्नुभयो । “दुः खमा परेकालाई मैले आवश्यक सहयोग गर्नेछु, नागरिकको दुः खमा जोडिने मेरो प्रयास रहनेछ,” उहाँले भन्नुभयो ।

कांग्रेस केन्द्रीय सदस्य जितजङ्ग बस्नेतले घिमिरेको उपचारमा सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो । उहाँले घिमिरेलाई खुट्टा गुम्यो भनेर आत्मबल नगुमाउनसमेत आग्रह गर्नुभयो ।

सहयोग हस्तान्तरण कार्यक्रममा कांग्रेस काठमाडौँका सभापति सबुज बानिया, नेता हरिबोल भण्डारी, दीपक भट्टराई, एनआरएनका उपाध्यक्ष दुर्गा आचार्य, महासचिव गौरीराज जोशी, एनआरएनका महासचिव केशव पौडेललगायतको सहभागिता थियो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.