Advertisement

संविधान दिवसः कतै उत्सव, कतै कालो दिवस, कतै अन्त्येष्टि यात्रा

0 66

Advertisement

०३ असोज, काठमाडौं । ३ असोजमा संविधान जारी भएपछि मधेसमा ‘ब्ल्याक आउट’ र पहाडमा उत्सवका रूपमा संविधान दिवस मनाइँदै छ । २०७२ सालमा संविधानसभाबाट संविधान जारी भएपछि यसक्रम अझै जारी छ । कतै उत्सवका रूपमा त कतै ब्ल्याक आउट गरेर ३ असोजलाई सम्झिने गरिएको छ ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले संविधान जारी भएको दिन ३ असोजमा तराई मधेसका जिल्लामा ‘ब्ल्याक आउट’ गर्दै आएको छ । आज (बुधबार) ३ असोजका दिनसमेत लोसपाले विरोध गर्ने भएको छ । लोसपा अध्यक्ष महन्थ ठाकुरले आन्तरिक सर्कुलर जारी गर्दै प्रदेश, जिल्ला, पालिका कमिटीलाई विरोध दिवसका रूपमा मनाउन निर्देशन दिएका छन् ।

लोसपा अध्यक्ष ठाकुरले ३ असोजमा प्रत्येक वर्षझैं यस वर्ष पनि जिल्ला, पालिका, क्षेत्र, वडाहरूमा कोणसभा, आमसभा, जनप्रदर्शन, अन्तक्र्रिया, विचार गोष्ठी, ब्ल्याक आउटजस्ता विरोधका कार्यक्रम गर्न निर्देशन दिएका छन् ।

लोसपा नेता केशव झाले तराई मधेसका जिल्लामा बुधबार विरोध ¥याली, ब्ल्याक आउटका साथै पार्टी केन्द्रीय कमिटीको आयोजनामा काठमाडौंमा विचार गोष्ठी गरेर संविधान दिवसको दिन कालो दिवसका रूपमा मनाउन लागिएको बताए ।

‘हामीले जिल्ला–जिल्लामा विरोध ¥याली निकाल्दै छौं, ब्ल्याक आउटका साथै केन्द्रमा विचार गोष्ठी गरेर संविधान संशोधनका लागि दबाब दिने उद्देश्यले कालो दिवसका रूपमा मनाउँदै छौं,’ लोसपा नेता झाले राजधानीसँग भने ।

संविधान संशोधनका लागि दबाब दिने उद्देश्यले कालो दिवसका रूपमा लोसपाले मनाउँदै गर्दा प्रभु साह नेतृत्वको आमजनता पार्टी (आजपा)ले संविधान जारी भएकै दिन ३ असोजमा संविधानको अन्त्येष्टि यात्रा निकाल्दै छ । आजपा महासचिव उपेन्द्र साहले बुधबार (आज)का दिन संविधानको अन्त्येष्टि यात्रा निकाल्न लागिएको बताए । यो संविधान पूर्णरूपमा फेल भइसकेको र नेपाली जनताको समृद्धिको चाहना पूरा गर्न नसक्ने बताउँदै उनले राजनीतिक व्यवस्था परिवर्तनका लागि संविधान खारेज गर्नुपर्ने माग गर्दै अन्त्येष्टि यात्रा निकाल्न लागिएको बताए ।

‘तराई मधेसका जिल्ला सदरमुकामका साथै काठमाडौंमा पनि पार्टी, आईटी आर्मी, आमविद्यार्थी मोर्चाको नेतृत्वमा संविधानको अन्त्येष्टि यात्रा निकाल्दै छौं,’ आजपा महासचिव साहले राजधानीसँग भने, ‘यो संविधान पूर्ण रूपमा असफल भइसकेको छ, राजनीतिक व्यवस्था परिवर्तन एवं नेपाली जनताको समृद्धिको चाहना पूरा गर्नका लागि अर्को संविधानको आवश्यकता छ ।’

संविधान दिवसका दिन विरोध गरेर लोसपा र आजपाले मनाउने निर्णय र आन्तरिक सर्कुलर जारी गरे पनि मधेसको अर्को शक्तिशाली दल जनता समाजवादी पार्टी नेपाल (जसपा) भने यस’boutमा मौन रहेको छ । यसअघि जसपा अध्यक्ष उपेन्द्र यादव संविधानको पुनरलेखन नै हुनुपर्ने अडान राख्दै आएकामा हाल आएर उनी मौन बसेका छन् ।

संविधान दिवसको अवसरमा आयोजना हुने उत्सव वा विरोध कुनै पनि कार्यक्रममा सहभागी नहुने नीतिमा जसपा पुगेको छ । जसपाको नेतृत्वमा अहिले मधेस प्रदेशमा सरकार छ । संघीय सरकारमा समेत जसपा सहभागी छ । लोसपासमेत संघीय सरकारमा सहभागी भए पनि विरोधका कार्यक्रम गर्दै छ ।

यता, पार्टीका तर्फबाट उत्सव वा विरोधको कुनै कार्यक्रम नरहेको जसपाका नेता मनीष सुमनले बताए । ‘पार्टीले कालो दिवस मनाउँदैन, संविधान दिवसको अवसरमा आयोजना हुने उत्सवका कार्यक्रममा समेत सहभागी हुँदैन, पार्टीका तर्फबाट कुनै कार्यक्रमसमेत आयोजना गरिएको छैन,’ जसपा नेता सुमनले भने ।

जसपा संविधान दिवसको अवसरमा आयोजना हुने उत्सव वा विरोधका कार्यक्रममा सहभागी नहुने निष्कर्षमा पुगेको छ । जसपा संघीय सरकारमा सहभागी भएको र मधेस प्रदेशमा उसले सरकारको नेतृत्व गरिरहेकाले मौन विरोधको रणनीति लिएको बताइएको छ ।

संघीय सरकार, प्रदेश सरकार तथा पालिका सरकारले संविधान दिवसका रूपमा विभिन्न कार्यक्रम गरी मनाउँदै आएका छन् । तर, त्यस्तो कार्यक्रममा जसपा सहभागी नहुने जनाएको छ । साथै, पार्टीकै आयोजनामा विरोधका कार्यक्रमसमेत नहुने सुमनले बताए ।

संविधान दिवसको अवसरमा नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) लगायतका दलले उत्सवका रूपमा मनाउँदै छन् ।

३ असोज २०७२ मा संविधानसभाबाट बहुमतका आधारमा संविधान जारी हुँदैगर्दा तराई मधेसमा आन्दोलन जारी थियो । मधेसवादी राजनीतिक दलले आफ्ना माग सम्बोधन नगरी संविधान जारी गरेको भन्दै आन्दोलन गरिरहेका थिए ।

मधेसमा निर्वाचित जनप्रतिनिधिहरूले समेत विरोधका कार्यक्रममा सहभागी हुनुका साथै कार्यक्रमको नेतृत्वसमेत गर्दै आएका छन् । मधेस प्रदेशका कतिपय मन्त्री, सांसदका साथै निर्वाचित जनप्रतिनिधि विगतमा राष्ट्रिय झन्डा फहराउँदै विरोधका कार्यक्रममा सहभागी भएपछि आलोचनासमेत भएको थियो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.