Advertisement

शरद ऋतुमा हिमाल आरोहणका लागि २८४ जनाले अनुमति लिए

0 17

Advertisement

२३ भाद्र, काठमाडौँ । यस वर्षको शरद ऋतु (असोज/कात्तिक) मा हिमाल आरोहणका लागि २८४ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार अनुमति लिएकामध्ये ४४ मुलुकका ६० जना महिला र २२४ जना पुरुष छन् ।

यस वर्ष सबैभन्दा धेरै २३ समूहले आठ हजार १६३ मिटर उचाइको मनासलु आरोहणका लागि अनुमति लिएका छन् । जसमध्ये ६० जना महिला र २२४ जना पुरुषले अनुमति लिएको विभागले जनाएको छ । यो शुक्रबारसम्मको तथ्याङ्क हो । मनासलु हिमाल आरोहणका लागि सबैभन्दा आकर्षक समय शरद ऋतुलाई मानिन्छ ।

यस वर्ष मनासलु हिमाल आरोहणका लागि डोरी टाँग्ने (रोप फिक्सिङ) को जिम्मा इम्याजिन नेपालले लिएको छ । इम्याजिन नेपालका प्रबन्धक दावाफुटी शेर्पाले आरोहणका लागि बाटो तयार पार्न दक्ष कामदारको टोली मनासलुको आधार शिविर पुगेर काम सुरु गरिसकेको बताए । आजको गोरखापत्र दैनिकमा समाचार छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.