पाल्पाको सैनिक सङ्ग्रहालयमा नेपालको इतिहास, तस्बिरहरू

0 11

२३ भाद्र, पाल्पा । नेपाली सेनाले २०७५ सालदेखि सुरु गरेको एकीकरण पदमार्ग कार्यक्रम अन्तर्गत सङ्ग्रहालय काठमाडौँबाहेक अन्य दुई स्थानमा बनाइएको छ । एउटा सिन्धुली गढी र अर्को पाल्पा दरबारमा सैनिक सङ्ग्रहालय बनाइएको हो ।

पाल्पा दरबारमा अवस्थित सैनिक सङ्ग्रहालय २०७८ सालमा निर्माण कार्य सम्पन्न भई प्रधानसेनापति प्रभुराम शर्माले उद्घाटन गरेपछि सर्वसाधारणलाई खुला गरिएको छ । लुम्बिनी प्रदेश स्तरीय पाल्पा दरबार सङ्ग्रहालय घुम्न आउन आन्तरिक तथा बाह्य पर्यटकलाई मध्य नजर गर्दै यो सङ्ग्रहालय स्थापना गरिएको हो ।

यस सङ्ग्रहालयलाई मुख्य पाँच कक्षमा विभाजन गरिएको छ । नेपाली सेनाको इतिहासदेखि अहिलेसम्मका गतिविधि साथै सैन्य सामग्रीहरू सङ्ग्रहालयमा राखिएको छ । पहिलो अभिकलन कक्षमा नेपाली सेनाका पूर्व प्रधान सेनापतिदेखि अहिलेसम्म रहेका प्रधान सेनापति, राष्ट्र निर्माता, अतिरथी र परमाधिपतिहरूको तस्बिर र चित्रहरू राखिएको छ ।

दोस्रो कक्षमा नेपालको एकीकरण र अङ्ग्रेज युद्धमा प्रयोग गरिएका पाल्पाका मुख्य नुवाकोट गढी, जितगढी, र वाकुम गढीको कलाकृति राखिएको छ । अर्को ऐतिहासिक शस्त्र अस्त्र कक्ष नाम दिइएको यो कक्षमा नेपाल एकीकरण र अङ्ग्रेज युद्धमा नेपाली सेनाले प्रयोग गरेको हात हतियारहरू राखिएको छ ।

भरुवा बन्दुकदेखि तोप, खुकुरीहरू सैनिक सङ्ग्रहालय छाउनी बाट ल्याएर राखिएको छ । पुरानासँगै अहिले प्रयोग हुने आधुनिक हात हतियारहरू पनि राखिएको छ । यससँगै पोसाक आभूषण, विभूषण कक्षमा नेपाली सेनाको स्थापनाकालदेखि प्रयोग गरिएको पोसाकसहित नेपाली सेनामा प्रयोग हुने दर्ज्यानी चिन्हहरू राखिएको छ ।

पाँचौ कक्षमा नेपाली सेनाको अहिलेसम्मको योगदानहरूको भिडियो अडिटोरियममा देखाइन्छ । सबै कक्ष घुमेर आएर अन्तिम अडिटोरियममा सेनासम्बन्धी सामग्रीहरू देखाइने गरिन्छ । सैनिक सङ्ग्रहालय स्थापना पछि आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण झनै बढेको पाल्पा दरबार सङ्ग्रहालयले जनाएको छ ।

यहाँ आउने पर्यटकहरू सैनिक सङ्ग्रहालय अवलोकन पछि पुलकित हुने गरेका छन् । पहिला दैनिक २०० पर्यटक पुग्ने पाल्पा दरबार सङ्ग्रहालयमा सैनिक सङ्ग्रहालय स्थापना पछि ४५० हाराहारीमा अवलोकन गर्न पुग्ने गरेको पाल्पा दरबार सङ्ग्रहालयका निमित्त प्रमुख चन्द्र ओलीले जानकारी दिन भयो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.