Advertisement

भदौ २६ गतेदेखि नाडा अटो शो

0 23

Advertisement

१२ भदौ, काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले यही भदौ २६ देखि ३१ गतेसम्म नाडा अटो शो २०२३ आयोजना गर्ने भएको छ । काठमाडौंको भृकुुुुटीमण्डपमा आयोजना हुने प्रदर्शनीको शीर्ष प्रायोजकमा टाटा मोटर्स जेनुइन आयल रहेको छ भने सह-प्रायोजकमा शिखर इन्सुरेन्स कम्पनी रहेको छ । प्रदर्शनीको डोर प्राइजमा याडिया, टिकटिङ पार्टनरमा खल्ती, अफिसियल इन्टरनेट पार्टनरमा वल्र्डलिंक, फायर सेफ्टी सपोर्टमा हिटको प्रालि एवं हस्पिटल पार्टनरमा फ्रन्टलाइन हस्पिटल रहेको छ भने प्रदर्शनीको व्यवस्थापन ग्लोबल एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसेजले गरेको छ ।

प्रदर्शनीमा ठूला तथा साना गरी करिब एक सय २० स्टल र ब्लक रहने र अन्तर्राष्ट्रिय ब्राण्डका सवारीसाधन, लुब्रिकेन्ट, टायर, पार्ट-पुर्जाका साथै राष्ट्रिय ब्राण्डका अटो सामग्री उत्पादक एवं वस्तु तथा सेवा प्रदायकको सहभागितासमेत रहने नाडा अटो शोका सभापति अनुपकुमार बरालले जानकारी दिनुभएको छ ।

प्रदर्शनीमा १६ ब्राण्डका चारपांग्रे, २२ ब्राण्डका दुईपांग्रे, सात ब्राण्डका लाइट कमर्शियल भेहिकल, नौ वित्तीय संस्था तथा ३० लुब्रिकेन्ट, टायर, ब्याट्री, पार्ट-पुर्जा एवं ग्यारेज उपकरण कम्पनीको सहभागिता रहने नाडाले सोमबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

प्रदर्शनीस्थलमा सजिलै आवागमनका लागि काठमाण्डू मल, सैनिक कल्याणकारी भवन, बसपार्क भ्यू टावरलगायतका सार्वजनिक पार्किङस्थलबाट महानगर यातायातको सहयोगमा सटल बस सञ्चालन गरिने बताइएको छ । छ दिन चल्ने नाडा अटो शोको थप आकर्षणमा कुजु नेपाल प्रालिको प्रायोजनमा नाडाले टिकट लक्की ड्रमार्फत् एक भाग्यशाली विजेतालाई इलेक्ट्रिक स्कुटर प्रदान गर्ने भएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.