Advertisement

इजरायलका मन्त्रीलाई भेटेपछि लिबियाका विदेशमन्त्री निलम्बित, महादेशद्रोहको आरोपमा अनुसन्धान हुने

0 14

Advertisement

१२ भदौ, एजेन्सी । इजरायलसँगको सम्पर्कलाई लिएर लिबियामा विरोध प्रदर्शन शुरू भएको छ । इटालीको रोममा दुवै देशका विदेशमन्त्रीबीच हालै भएको भेटवार्तालाई लिएर विरोध प्रदर्शन भएको हो ।

लिबियाका प्रधानमन्त्रीले आफ्ना विदेशमन्त्रीलाई इजरायली समकक्षीसँग भेट गरेपछि निलम्बन गरेका छन् । प्यालेस्टिनको समर्थक लिबियाले इजरायललाई मान्यता दिएको छैन । लिबिया र इजरालका विदेशमन्त्रीको भेटलाई लिएर बहुसङ्ख्यक अरब देशमा पनि विरोध प्रदर्शन भएका छन् ।

इजरायली विदेशमन्त्री एली कोहेनले निलम्बनमा परेका लिबियाका विदेशमन्त्रीसँगको बैठकलाई ऐतिहासिक भन्दै त्यसलाई त्रिपोलीसँग सम्बन्ध स्थापना गर्ने पहिलो कदम भएको बताएका छन् । पछिल्लो समय इजरायलले आफूलाई आधिकारिक रूपमा मान्यता नदिने अरब र मुस्लिम बहुल देशसँग घनिष्ठ सम्बन्ध कायम गर्ने प्रयासलाई जारी राखेको छ ।

यद्यपि लिबियाका तीन प्रान्तको प्रतिनिधित्व गर्ने राष्ट्रपतीय परिषद्ले इजरायलसँगको सम्बन्धलाई सामान्य बनाउनु गैरकानूनी भएको बताएको छ ।

संसद्मा सभामुखको कार्यालयले निलम्बित विदेशमन्त्री नजला मङगौसलाई महादेशद्रोहको आरोप लगाएको छ र प्रधानमन्त्री अब्दुल हमिद दबेबाले उनीमाथि अनुसन्धानको आदेश दिएको छ ।

पूर्वनिर्धारित योजनाअनुसार रोम शिखर बैठकका क्रममा लिबियाका विदेशमन्त्रीसँग आफ्नो देशका विदेशमन्त्रीले भेटवार्ता गरेको इजरायलका एक जना मन्त्रीले गरेका छन् ।
भेटमा इजरायल र लिबियाबीच सम्बन्ध स्थापना गर्ने तथा लिबियामा रहेका यहुदीको सुरक्षा तथा हित प्रवद्र्धनमा बैठक केन्द्रित रहेको उनले स्पष्ट गरेका छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.