Advertisement

प्रदर्शनकारीलाई प्रहरीले मोरङमै रोक्यो

0 29

Advertisement

०९ भदाै मोरङ। मोरङबाट धरानतर्फ जान लागेको एउटा धार्मिक टोलीको जुलुसलाई प्रहरीले मोरङको कञ्चनबारीमा रोकेको छ । धरानमा आयोजना गर्न लागिएको शान्ति र सद्भाव र्यालीका सहभागीलाई रोकिएको बताइएको छ ।

गत मध्यरातदेखि जिल्ला प्रशासन कार्यालय, सुनसरीले धरानमा १४ घण्टे निषेधाज्ञा जारी गरेको छ । प्रहरीले धरानतर्फ जान रोकेपछि प्रदर्शनकारीहरु क्रुद्ध देखिन्छन् ।

उनीहरुले धरानमा भएका पछिल्ला घटनाको विरोध गर्दै गौहत्यामा संलग्नलाई कारबाहीको माग गरेका छन् । चर्को नारा लगाउँदै गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा समेत मागेका छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.