Advertisement

सुदर्शन थापाले फिल्म ‘रावायण’ बनाउने, हिराे अनमोल केसी 

0 26

Advertisement

१३ साउन, काठमाडौं । निर्देशक सुदर्शन थापाले अनमोल केसीलाई लिएर फिल्म ‘रावायण’ बनाउने भएका छन् । औसत फिल्म ‘प्रसाद २’ निर्देशन गरेका थापा र ‘फ्लप’ फिल्म ‘२.० छड्के’ का हिराे अनमोलबीच टिमअप हुन लागेको हो । 

‘मेरो एउटा साथी छ’ बाट निर्देशन थालेका थापाले दर्जन फिल्म निर्देशन गरिसकेका छन् । लभ स्टोरी फिल्ममा जमेका  थापा र नायक अनमोलको सहकार्यबाट सुखद नतिजा निस्कनेमा अनमोल आशावादी छन् । 

उनले दशौं फिल्म करिअरको दोस्रो सत्रको पहिलो फिल्म हुने बताएका थिए । फिल्म फ्लप भएपछि उनले सामाजिक सञ्जालमा लेखेका थिए, ‘मेरो करिअरको पहिलो सिनेमा मेरो दशौं सिनेमा हुनेछ । अर्थात् मेरो करिअरको दोश्रो सत्रको सुरुवात मेरो अबको सिनेमाबाट हुनेछ ।’ 

भदौदेखि फ्लोरमा जाने तयारीमा रहेको फिल्ममा अनमोलको दोहोरो भूमिका हुने बताइएको छ । फिल्म एक्सन लभस्टाेरीमा आधारित हुने निर्देशक थापाले बताए । 



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.