Advertisement

श्रीलङ्काको मुद्रास्फीति १०.८ प्रतिशत कायम

0 11

Advertisement

०६ साउन, काठमाडाैं । श्रीलङ्काको मुद्रास्फीति जुनमा घटेर १०.८ प्रतिशत कायम भएको छ ।

श्रीलङ्काको राष्ट्रिय उपभोक्ता मूल्य सूचकाङ्क (एनसीपीआई) मा आधारित मुद्रास्फीति मे महिनामा २२.१ प्रतिशत रहेको थियो । जुन महिनामा यसमा थप कमी आई १०.८ प्रतिशतमा झरेको जनगणना तथा तथ्याङ्क विभागले शुक्रबार जनाएको छ ।

विभागका अनुसार खाद्य क्षेत्रको मुद्रास्फीति मे महिनामा १५.८ प्रतिशत रहेकोमा गत महिना घटेर २.५ प्रतिशतमा झरेको छ ।

गैर–खाद्य समूहको मुद्रास्फीति जुनमा २७.६ प्रतिशतबाट घटेर १८.३ प्रतिशतमा झरेको छ ।

गत बर्ष एनसीपीआईले ७३.७ प्रतिशतको मुद्रास्फीति रेकर्ड गरेको श्रीलङ्काको मुद्रास्फीति सेप्टेम्बर २०२२ देखि निरन्तर घटिरहेको छ ।

श्रीलङ्काको केन्द्रीय बैंकले सन् २०२३ सम्म पनि मुद्रास्फीतिमा गिरावट आउने अनुमान गरेको छ र सेप्टेम्बरसम्ममा विद्यमान उच्च मुद्रास्फीतिलाई एकल अङ्कमा झार्ने बताएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.