Advertisement

ओप्पो के११ आधिकारिक भिडियोमा, फ्ल्यागशिप ग्रेड आइएमएक्स ८९० क्यामरा सेन्सर हुने

0 35

Advertisement

०१ साउन, काठमाडौं । ओप्पोले मिडरेन्ज स्मार्टफोन ओप्पो के ११ मा काम गरिरहेको छ। यन्त्रले भर्खरै धेरै प्रमाणीकरणहरू पार गर्दै यो उपकरण एक आधिकारिक ओप्पो भिडियोमा देखाइएको छ। यसको उपस्थिति उद्योग र सूचना प्रविधि मन्त्रालयबाट पहिले जारी गरिएका तस्बिरहरूसँग मिल्दोजुल्दो रहेकाे बताइएको छ।

बाह्य परिप्रेक्ष्यमा, ओप्पो के११ ले स्लिकर लाइनहरू तथा ओप्पो रेनो ९ सिरिजको रियर डिजाइन बुस्ट गर्नेछ। स्पेसिफिकेशनको विषयमा नयाँ स्मार्टफोन हालै भारतमा लन्च गरिएको वान प्लस नोर्ड सीइ ३ फाइभजी मोडेलसँग नजिक रहेको उल्लेख छ।

डिजिटल च्याट स्टेसनकाअनुसार, ओप्पो के११ स्मार्टफोन १,३९९ युआन (१९५ अमेरिकी डलर) को मूल्यमा रहेको तथा अनर एक्स ५० सँगसँगै नवीनतम रेड्मी नोट मोडलसँग प्रतिस्पर्धा गर्ने लक्ष्य राखेको छ।

यसमा आइएमएक्स ८९० क्यामरा सेन्सरको प्रयोग रहनुलाई के ११ को एक उल्लेखनीय पक्ष मानिएकाे छ। जुन पहिले फाइन्ड एक्स ६ शृङ्खलामा देखाइएको थियाे। सेन्सरलाई यो मूल्य दायरामा समावेश गरिएको पहिलो पटक रहेकाे उल्लेख छ।

टीना र ३ सी प्रमाणीकरणकाे खुलासा अनुसार, ओप्पो के ११ केन्द्रित होल-पञ्च डिजाइनको साथ ६.७ इन्चको १२० हर्ज एफएचडी प्लस एमोलेड डिस्प्लेसँग सुसज्जित रहेकाे बताइएकाे छ। यसले अन्डर-डिस्प्ले फिंगरप्रिन्ट सेन्सर समावेश गर्ने तथा यसमा १६ एमपी अगाडिको क्यामरा र ५० एमपी प्लस ८ एमपी प्लस २ एमपी कन्फिगरेसन भएको रियर ट्रिपल क्यामरा सेटअप रहेकाे उल्लेख छ।

ओप्पो के११ ले लगभग ८.२३ एमएम मोटाई मापन गर्ने तथा यसको वजन लगभग १८४ ग्राम रहेकाे बताइएकाे छ। डिभाइस २.७ गीगाहर्जको क्लक फ्रिक्वेन्सीसंग एक अक्टा-कोर प्रोसेसरद्वारा संचालित रहेकाे तर मोडेल पुष्टि हुन बाँकी रहेकाे उल्लेख छ। उता यो स्न्यापड्रयागन ७८२ जी चिपसेटसंग सुसज्जित हुन सक्ने केहि अनुमानहरूले सुझाव दिएका छन्।

त्यस्तै, डिभाइसमा ४,८७० एमएएच ब्याट्री रहेकाे बताइएकाे छ। यसले १०० वाट फास्ट चार्जिङलाई समर्थन गर्ने जुन बजारमा उपलब्ध अन्य फ्ल्यागशिप उपकरणहरूसँग बराबर रहेकाे छ उल्लेख छ। नयाँ मोडलले विशेष गरी चिनियाँ बजारलाई पूरा गर्ने अपेक्षा गरिएको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.