Advertisement

वीर अस्पताल र ट्रमा सेन्टरमा आजदेखि बिहान ८ बजेबाट सेवा सुरु हुने

0 32

Advertisement

०१ साउन, काठमाडौं । वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा सोमबार( आज) बाट बिहान ८ बजेदेखि सेवा सुरु हुने भएको छ। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) कार्यकारी परिषदको बैठकले साउन १ गतेबाट लागू हुने गरी अस्पतालको सेवा ८ बजेदेखि नै सुरु गर्ने निर्णय गरेको थियो।

सोही निर्णयका आधारमा बिहान ८ बजेदेखि सेवा सुरु हुने वीर अस्पतालका कार्य निर्देशक डा सन्तोष पाैडेलले जानकारी दिए। अब शल्यक्रिया सेवा बिहान ८ बजेदेखि नै सुरु हुने छ भने ९ बजे अगावै ओपिडी सेवा सुरु हुने छ। टिकटको समय बिहान ७ बजेदेखि २ः३० सम्म कायम गरिएको छ। ओपिडीका कर्मचारीहरु बिहान ८ः१५ भित्र पुगिसक्नुपर्ने छ।

कार्यकारी परिषदको यो निर्णयसँगै वीर अस्पतालमा साउन १ गतेदेखि ओपिडी सेवा पनि बिहान ८ बजेदेखि नै सुरु हुने छ। अस्पतालमा हाल बिहान ९ देखि ५ बजेसम्म कार्यालय सेवा हुँदै आइरहेको छ।

अस्पतालमा ९ बजेदेखि सेवा हुँदा चिकित्सक लगायतका कर्मचारीहरु आउने क्रममा बढी सवारी जाममा पर्ने समस्या देखिएकाले बिरामीलाई छिट्टै र सहज रुपमा सेवा दिन समय तालिका परिवर्तन गरिएको न्याम्सका उपकुलपति डा भुपेन्द्र बस्नेतले जानकारी दिए।

यसैगरी राष्ट्रिय ट्रमा सेन्टरमा पनि अब शल्यक्रिया सेवा बिहान ८ बजेदेखि नै सुरु हुने छ भने ८ः१५ बजे अगावै ओपिडी सेवा सुरु हुने छ।

हेर्नुहोस अस्पतालको नयाँ सेवा समयबारे जारी सूचना



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.