सुनको भाउमा वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?
२३ जेठ, काठमाडाैं । मंगलबार स्थानिय बजारमा छापावाला सुनको भाउ ९ सय रुपैयाँले बढेको छ ।
सोमबार १ लाख ११ हजार ६०० रुपैयाँ निर्धारण गरिएको सुन आज १ लाख १२ हजार ५०० रुपैयाँमा कारोबार गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै मंगलबार तेजावी सुनको भाउ १ लाख ११ हजार ९५० रुपैयाँ निर्धारण गरिएको छ । सोमबार १ लाख ११ हजार ५० रुपैयाँ निर्धारण गरिएको छ । यता मंगलबार चाँदीको भाउ १ हजार ४२० रुपैयाँ निर्धारण गरिएको छ । हिजोको तुलनामा सुनको भाउ ५ रुपैयाँले बढेको हो । हिजो चाँदी १ हजार ४१५ रुपैयाँ निर्धारण गरिएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ९६० दशमलव ८९ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔँस २३ दशमलव ६५ डलरमा कारोबार भइरहेको छ ।