Advertisement

बजेटले भन्सार बढाएसँगै सुनको भाउमा फेरि नयाँ रेकर्ड

0 14

Advertisement

१७ जेठ, काठमाडाैं । सरकारले भन्सार दर बढाएसँगै सुनको भाउमा नयाँ रेकर्ड कायम भएको छ । बजेट मार्फत प्रति दशग्राममा ८ हजार ५०० रुपैयाँ भन्सार दर तिर्दै आएकोमा १२ हजार ७५० रुपैयाँ पुर्याएसँगै सुनको भाउमा नयाँ रेकर्ड कायम भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारका लागि छापावाल सुनको भाउ १ लाख १२ हजार रुपैयाँ निर्धारण गरिएको छ । यसअघि बैशाख २१ गते सुनको भाउ अधिकतम १ लाख ११ हजार ८०० रुपैयाँसम्म पुगेको थियो । उक्त रेकर्ड करिब एक महिनापछि जेठ १७ गते तोडिएको हो ।

अघिल्लो दिन मंगलबारको तुलनामा सुनको भाउ बुधबार १ हजार ५०० रुपैयाँले बढेको हो । लगातार ५ दिन गिरावट आएको सुनको भाउ बजेट मार्फत भन्सार दर बढे लगतै मंगलबार बढेको थियो । मंगलबार २ हजार ४०० रुपैयाँले वृद्धि भएको थियो । पछिल्लो दुई दिनमा मात्रै सुनको भाउमा ३ हजार ९०० रुपैयाँले वृद्धि भएको हो ।

यस्तै आज तेजावी सुनको भाउ १ लाख ११ हजार ५०० रुपैयाँ निर्धारण गरिएको छ । अघिल्लो दिन तेजावी सुनको भाउ आज १ लाख १० हजार रुपैयाँमा कारोबार भएको थियो । सरकारले आर्थिक ऐन २०८० मार्फत सुनको भन्सार दर ४ हजार २५० रुपैयाँले बढाएको थियो ।

यस्तै सरकारले विदेशबाट फर्किएका पुरूषले ल्याउने वा लगाउने सुनमा २५ ग्राम भन्दा बढी भएमा कर तिर्नु पर्ने व्यवस्था गरेको छ । महिलाको हकमा भने ५० ग्रामसम्म सुन ल्याउदा वा लगाउँदा कर तिर्नु नपर्ने नीति आर्थिक विधेयकले लिएको छ । विगतमा विदेशबाट फर्कने यात्रुले ५० ग्राम भन्दा माथि सुन ल्याउदा मात्र कर तिर्नुपर्ने व्यवस्था थियो ।

यता चाँदीको भाउ पनि मंगलबारको तुलनामा २० रुपैयाँले बढेको छ । बुधबार चाँदी आज १ हजार ३९० रुपैयाँ कारोबार भइरहेको छ । हिजो चाँदीको भाउमा १५ रुपैयाँले वृद्धि हुँदै १ हजार ३७५ रुपैयाँ कायम भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ९६३ डलरमा कारोबार भइरहेको छ । चाँदी प्रतिऔँस २३ रुपैयाँ ३१ डलरमा कारोबार भइरहेको छ । हिजो सुन प्रतिऔँस १ हजार ९६३ तथा चाँदी २३ रुपैयाँ ०२ डलरमा कारोबार भएको थियो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.