Advertisement

गृह मन्त्रालयका सचिव फेरिए

12

Advertisement

२७ बैशाख, काठमाडौं । गृह मन्त्रालयका सचिव फेरिएका छन्। मंगलबारको मन्त्रिपरिषद् बैठकले सचिव सरुवाको निर्णय गरेको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव दिनेश भट्टराईलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ। सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सचिव सरुवा गरिएको जानकारी दिइन्।

‘गृह मन्त्रालयसहित केही मन्त्रालयका सचिवहरुको सरुवा भएको छ। मंगलबारको क्याबिनेटले सचिवहरुको सरुवाको निर्णय गरेको हो,’ मन्त्री शर्माले भनिन्।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै रकम उठाएर ठगी गरेको प्रकरणमा उच्चपदस्थ अधिकारी र नेताहरुमाथि प्रहरीले अनुसन्धान गरिरहँदा तालकुदार मन्त्रालयका सचिव फेरिएका हुन्।

ठगी प्रकरणमा गृह मन्त्रालयका तत्कालीन सचिव, हाल उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परेका छन्। यस्तै, पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई समेत प्रहरीले बुधबार पक्राउ गरेको छ।

यसअघि विनोदप्रकाश सिंह गृहसचिव थिए। उनी गत भदौमा गृहसचिवमा सरुवा भएका थिए।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time

Comments are closed, but trackbacks and pingbacks are open.