Advertisement

पहाडी भू-भागमा आंशिक बदली संगै बर्षाको सम्भावना

0 15

Advertisement

१४,बैशाख काठमाडौं।
हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार  हाल सुदूर पश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका भू-भागहरुमा सामान्य देखि आँशिक बदली तथा बाँकी भू-भागहरुमा मौसम आन्शिक बदली देखि समान्यतया सफा रहेको छ।

आज दिउँसो सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्यतया बदली रही बाँकी भू-भागमा आँशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ।
सुदूरपश्चिम प्रदेश लगायत कर्णाली र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा तथा देशका बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का  वर्षाको  सम्भावना रहेको महाशाखाले जनाएको छ।

राती देशका पहाडी भू-भागमा आंशिक देखि सामान्यतया बदली रही बाँकी भू-भागमा आँशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ।
महाशाखाका अनुसार कोशी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको  सम्भावना छ।
सुदूर पश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा तथा देशका बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको  सम्भावना रहेकाले मेघगर्जन, चट्याङ्ग र हावा-हुरीबाट क्षति हुन नदिन सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.