Advertisement

माडीका विद्यालयमा ‘मोबाइल घुम्ती भर्ना’ अभियान

0 23

Advertisement

१३ वैशाख ,माडी । माडी नगरपालिका शिक्षा शाखाले माडीका विद्यालयमा ‘मोबाइल घुम्ती भर्ना’ अभियान सञ्चालन गरेको छ । ‘समयमै भर्ना समयमै ज्ञान : गुणस्तरीय शिक्षा सबैको अभियान’ भन्ने नाराका साथ विद्यालयबाहिर रहेका ५ देखि १२ वर्षसम्मका सबै बालबालिकालाई विद्यालयमा ल्याउन भर्ना अभियान सञ्चालन गरिएको हो ।

अभियानअन्तर्गत शिक्षकहरु विद्यार्थी भर्नाको रजिष्ट्रर बोकी घर–घरमा पुगिरहेका छन् । उनीहरु बालबालिकाहरुलाई अभिभावकसहित घर–घरमै भेट गरी अबिर लगाई पुष्पगुच्छा दिएर विद्यालय आउन निमन्त्रणा गर्छन् ।

त्यसपछि नयाँ भर्ना हुने विद्यार्थीको विवरण विद्यार्थीको घरमै स्कुलको भर्ना रजिष्ट्ररमा दर्ता हुन्छ । अभिभावकहरु पनि आफ्नै घरआँगनमा शिक्षक र विद्यालय परिवार आएर भर्ना गरेसँगै खुसी हुने गरेका छन् भने विद्यार्थीहरु स्कुल जान उत्साहित भएका नगरपालिकाका शिक्षा अधिकारीसमेत रहेका उपसचिव पुष्पराज ढकालले बताए ।

अभियानको उत्तरार्धमा माडी नगरपालिकाले ‘स्कुले उमेरका १०० प्रतिशत बालबालिकाहरु विद्यालयमा रहेको वडा’ घोषणा गर्ने भएको उनले बताए । त्यसका लागि हरेक वडामा एक/एकवटा लिडर विद्यालय चयन भएको र वैशाख १५ गतेसम्म मोबाइल भर्ना अभियान जारी रहने उनले जानकारी दिए ।

वैशाख महिनाभित्र शतप्रतिशत विद्यार्थीहरु स्कुलमा भर्ना भई नियमित हाजिर रहेको यकिन गरी माडीका ९ वटै वडाहरुलाई विद्यालय उमेरका बालबालिका स्कुलमा रहेको वडा घोषणा गरिनेछ ।

यस अभियानका लागि वडा नं–१ र २ मा सोमेश्वर मावि, वडा नं–३ मा माडी मावि, वडा नं–४ मा खैरहनी मावि, वडा नं–५ मा दिवाकर स्मृति मावि, वडा नं–६ मा जनकल्याण मावि, वडा नं–७ मा बालकल्याण आवि, वडा नं–८ मा जनजीवन मावि, वडा नं–९ मा माडीतर्फ कृष्णनगर मावि र हनुमानझुलातर्फ सगरमाथा माविलाई जिम्मेवार विद्यालय तोकिएको उपसचिव पुष्पराज ढकालले जानकारी दिए ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.