Advertisement

विद्यालयका तह समायोजन गर्दै बैतडीका पालिका

0 16

Advertisement

०२ वैशाख, बैतडी । बैतडीका स्थानीय तहरूले विद्यालय तह समायोजन गरिरहेका छन् । यहाँको पाटन नगरपालिकाले भौगोलिकरुपमा टाढा भएका र विद्यार्थी सङ्ख्याका आधारमा तह समायोजन गरिरहेको छ ।

नगरपालिकाका शिक्षा शाखा प्रमुख ललित पाण्डेयका अनुसार नगरका ११ विद्यालयका तह समायोजन गर्ने कार्य भइरहेको छ । वडा नं १ को गरालेकस्थित दुर्गाबताल आधारभूत विद्यालय अब कक्षा ३ सम्म कायम रहने छ । यसअघि उक्त विद्यालयमा कक्षा ५ सम्म अध्ययन–अध्यापन हुँदै आएको थियो । वडा नं १ कै भुवनेश्वरी आधारभूत विद्यालय लदौली पनि कक्षा ३ सम्म कायम रहने छ । यसअघि यहाँ कक्षा ५ सम्म पढाइ हुँदै आएको थियो ।

वडा नं २ को भूमिराज आधारभूत विद्यालय टोटीपोखरी कक्षा ३ सम्म कायम रहने भएको छ । यसअघि उक्त विद्यालयमा कक्षा ५ सम्म पढाइ हुँदै आएको थियो । यस्तै वडा नं ३ को सुकाबैना आधारभूत विद्यालय सुकाबैनालाई कक्षा ३ सम्म कायम गरिएको छ ।

यसअघि उक्त विद्यालयमा कक्षा ५ सम्म पढाइ हुँदै आएको थियो । वडा नं १० मा रहेको सिद्धसिगास आधारभूत विद्यालय पनाली पनि शिशु कायम रहने प्रमुख पाण्डेयले बताए । उक्त विद्यालयमा कक्षा ३ सम्म पढाइ हुने गरेको थियो ।

वडा नं ३ मा रहेको सरस्वती आधारभूत विद्यालय कल्तडीलाई पनि कक्षा ३ सम्म कायम राखिने भएको छ । यसअघि उक्त विद्यालयमा कक्षा ५ सम्म पढाइ हुँदै आएको थियो । वडा नं ५ को उदयदेव आधारभूत विद्यालय धञ्चुली कक्षा ५ सम्म कायम रहने भएको छ । यसअघि उक्त विद्यालयमा कक्षा ८ सम्म पढाइ हुँदै आएको थियो । वडा नं ६ को डाँडाबाग आधारभूत विद्यालय हिरापुरलाई कक्षा ५ सम्म कायम राखिने भएको छ । यसअघि उक्त विद्यालयमा कक्षा ८ सम्म पढाइ हुँदै आएको पाण्डेयले जानकारी दिए ।

कक्षा ३ सम्म सञ्चालनमा रहेको वडा नं ४ को नागार्जुन सैपाल आधारभूत विद्यालय खोल्सी शिशु कायम रहने भएको छ । यसअघि उक्त विद्यालयमा कक्षा ३ सम्मका पढाइ हुने गरेकामा ११ जनामात्रै विद्यार्थी थिए । वडा नं १ को ज्ञानज्योति आधारभूत विद्यालय गणेशपुर पनि शिशु कायम रहने भएको छ । वडा नं ७ को दानखोलामा रहेको चतुरभुज आधारभूत विद्यालय कक्षा ३ सम्म कायम रहने छ । यसअघि कक्षा ५ सम्म अध्ययन– अध्यापन हुँदै आएको थियो ।

नगरपालिकाले यसअघि कक्षा १ देखि ३ सम्मका विद्यालयमा कम्तीमा ३०, कक्षा १ देखि ५ सम्म पढाइ हुने विद्यालयमा कम्तीमा ६५, कक्षा १ देखि ८ सम्मको विद्यालयमा कम्तीमा एक सय १०, कक्षा १ देखि १० सम्म पढाइ हुने विद्यालयमा कम्तीमा एक सय ७० र कक्षा १ देखि १२ सम्म पढाइ हुने विद्यालयमा कम्तीमा एक सय १० जना विद्यार्थी हुनुपर्ने मापदण्ड थियो । सो मापदण्डमा टेकेर विद्यार्थी सङ्ख्या नभएका विद्यालयको तह समायोजन कार्य भएको हो ।

तह समायोजनसँगै शिक्षक समायोजनबारे पनि छलफल भइरहेको नगरप्रमुख गौरीसिंह रावलले जानकारी दिए । शिशु कायम रहेका विद्यालयमा माथिल्लो तहका सबै शिक्षकको सरुवा गरिने छन् । नगर शिक्षा समितिको निर्णयलाई कार्यपालिकाको बैठकबाट निर्णय गरी कार्यान्वयनको चरणमा लैजाने नगरपालिकाले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.