Advertisement

अब इतिहासमै सीमित पोस्टकार्ड

0 54

Advertisement

राजेन्द्र तिवारी

०२ बैशाख, काठमाडौं । एक दशक अगाडिसम्म पोस्टकार्डको माध्यमले शुभचिन्तकमा पठाइने शुभकामना सन्देश क्रमिक रूपमा अन्त्य भएको छ।

आधुनिक सञ्चारको सहज पहुँच नरहेको समयमा पोस्टकार्डको माध्यमले साथीभाई तथा इष्टमित्रलाई पठाइने शुभकामना सन्देश एउटा इतिहास भएको छ।

स्कुले जीवनलाई स्मरण गर्ने भने, ‘१०–१२ वर्ष अगाडिसम्म पोस्टकार्ड युवाहरूको पहिलो रोजाई हुन्थ्यो। स्कुले साथी होस् या त इष्टमित्र किन नहोस, चाहे शुभचिन्तक किन नहोस् शुभकामना दिने एक मात्र साधन पोस्टकार्ड हुने गर्दथ्यो।’

पर्व उत्सव नजिकमा आए लगतै बजारको हरेक पसलमा पोस्टकार्डहरू सहज रूपमा पाउथ्याे । ‘पोस्टकार्डको त्यो ताका धेरै नै महत्व हुन्थ्यो। साथीहरूले पठाएको सन्देशभन्दा पनि पोस्टकार्डको पछाडि भागमा छापिएको फोटोले अझ आकर्षित पार्ने काम गर्ने गर्दथ्यो।’

हाम्रा समाज २१ औ शताब्दीको नजिकमा आएसँगै आधुनिक प्रविधिको विकास तीव्र गतिमा अगाडि बढदै गइरहेको छ । ‘वैज्ञानिक उपलब्धीलाई सहजै स्वीकार गरेका हाम्रा समाजले सन्देश पठाउने प्रमुख आधारका रूपमा आधुनिक सञ्चारलाई नै रोजेको छ।’

पहिलेको समयमा विभिन्न उत्सवका शुभकामनाका लागि प्रयोग गरिदै आएको पोस्टकार्डभन्दा सहज आधुनिक प्रविधिसँगै विकास भएको विभिन्न सामाजिक सञ्जालहरू रहेका छन्। यसले समयको साथै आर्थिक बचत पनि गरेको पाइन्छ। आधुनिक प्रविधिमा आधारित यस्ता प्रविधिहरू भरपर्दो हुनुको साथै वहुउपयोगी सावित भएका छन्।’

कति रमाइला थिए ती नंया बर्ष हरु .. 🎊
जतिबेला मनपर्ने हिरो हिरोईनको फोटो भाको एक रुपैयाँको पोस्टकार्ड पछाडी राम्राराम्रा सायरी लेखी सबै साथिलाई शुभकामना बाडिन्थ्यो ! 🎞️

सायद यी चलन ४० र ५० को दशकमा थिए रे !
तर आज समय सङ्गै प्रबिधी मिसिएर यस्ता चलन हराउदै गए..
६० र ७० को दशकमा SMS ,म्यासेज ,फोन ,भिडियो ,मेल ,स्टाटस बाट शुभकामना कपि/पेस्ट हुँदै आदानप्रदान हुन थाले ! 🎉

अब त ८० को दशक सुरु भयो..
पक्कै पनि यो दशकमा केही उल्लेख्य चमत्कार देख्न पाइएला। आशा र भरोसा राख्दै नयाँ उमंग, नयाँ जोश, नयाँ जगार, नयाँ खुशी, नयाँ प्रगति, नयाँ बाहर, नयाँ सपना, नयाँ आयाम, नयाँ पल, नयाँ बर्षले प्रदान गरोस । नयाँ दिन र नयाँ बर्ष 2080 विश्वका जुनसुकै कुनामा रहने नेपाली आमा बुवा दाजुभाई दिदी वहिनी इस्टमित्र सम्पूर्णमा #नयाँबर्षकोहार्दिकमंगलमय_शुभकामना 💐💐

अहिले हातहातमा मोबाइल छन्। पोस्टकार्डको सहारा लिनुपर्ने समयको अन्त्यत भइसकेको छ । इन्टरनेटको पहुँचले झन्झटिलो प्रक्रियालाई विस्थापित गर्न सफल भएका हुन्। चिठीपत्रको झन्झटिलो माध्यमभन्दा इन्टरनेटको सहारा आमजनताको पहिलो रोजाई बन्दै गएको छ।’

स्टेशनरी पसलहरूमा युवायुवतीहरूको पछिल्लो समयमा पर्व उत्सवको समयमा खासै भीडभाडका हुदैन ।

समयको परिवर्तनसँगै मानिसले पश्चिमी परम्परालाई अपनाएर वर्षौदेखि चल्दै आएको चिठीपत्र, शुभकामना कार्डहरू नपठाउनु एउटा संस्कार स्थापित हुन पुगेको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.