Advertisement

युक्रेनमा पश्चिमा देशका सैनिकहरू रहेको ‘चुहिएका दस्तावेज’को खुलासा

0 21

Advertisement

०१ वैशाख, काठमाडौं (बिबीसी) । युक्रेन युद्धबारे हालै चुहिएका दस्तावेजहरूमध्ये एकले युक्रेनभित्र यूकेसहितका कैयौँ देशका विशेष सैनिक बलहरू रहेको देखाएको छ।

एक वर्षभन्दा बढी समयदेखि अनुमानमा रहेको विषयलाई यसले पुष्टि गरेको छ।

केहीमा “अति गोप्य” समेत लेखिएको चुहिएका दस्तावेजहरूले युक्रेन युद्धको विस्तृत चित्र देखाउँछ।

जसमा युक्रेनको वसन्त याममा गरिने भनिएका प्रत्याक्रमणको तयारीका संवेदनशील विवरणहरू समेत छन्।  

अमेरिका सरकारले उक्त चुहावटको स्रोतबारे आफूले अनुसन्धान गरिरहेको जनाएको छ।

कुन देशका कति सैनिक?

स्पेनमा सैन्य तालिम लिँदै गरेका युक्रेनी सैनिकहरू

२३ मार्चको लेखिएको उक्त दस्तावेजका अनुसार यूकेले सबैभन्दा धेरै विशेष फौजका ५० वटा दस्ता पठाएको छ। त्यसपछि नेटो सदस्य लाट्भियाले १७, फ्रान्सले १५, अमेरिकाले १४ र द नेदरल्यान्ड्सले एउटा पठाएका छन्।

उक्त दस्तावेजले ती फौजहरू कहाँ छन् र के गरिरहेका छन् भन्नेबारे खुलाएको छैन।

सैनिकहरूको सङ्ख्या कम र स्वाभाविक रूपमा थपघट हुनसक्छ।

तर ‘स्पेसल फोर्स’ भनिने विशेष फौजहरू उनीहरूका स्वभावैले निकै प्रभावकारी हुन्छन्।

युक्रेनमा रहेको उनीहरूको उपस्थितिले मस्कोलाई क्रुद्ध पार्न सक्छ। पछिल्ला महिनामा रुसले आफू युक्रेनसँग मात्र नभएर नेटोसँग लडिरहेको तर्क गर्दै आएको थियो।

यूकेको प्रतिक्रिया के छ?

यस्ता विषयमा आफ्नो विशिष्ट नीतिकै लयमा रहेर यूकेको रक्षा मन्त्रालयले कुनै प्रतिक्रिया जनाएको छैन। तर मङ्गलवार एक ट्विटमार्फत गोप्य सूचना भनिएका चुहावटमा “गम्भीर तहका गल्तीहरू” देखिएको जनाएको छ।

उसले भनेको छ: “ठाडै लगाइएका आरोपलाई कसरी लिने भन्ने विषयमा पाठकहरू सजग हुनुपर्छ जसले गलत सूचना फैलाउन सक्छ।”

कुन खास दस्तावेजलाई उसले त्यसरी इङ्गित गरेको भनेर उसले थप बताएको छैन।

यद्यपि ती दस्तावेजहरू वास्तविक रहेको भन्दै पेन्टागनका अधिकारीहरूलाई उद्धृत गरिएका छन्।

युक्रेनमा दुवैतर्फ भएका मानवीय क्षतिको विवरण राखेको एक दस्तावेजका सङ्ख्या तोडमोड गरिएको देखिन्छ।

विशिष्ट फौजहरू

यूके स्पेशल फोर्सेस कैयौँ विशिष्ट सैन्य क्षमता भएका सैनिकहरू हुने गर्छन् र त्यो संसारकै सबैभन्दा सक्षममध्येमा गनिन्छ।

अमेरिकासहितका देशहरूभन्दा फरक आफ्ना स्पेशल फोर्सेसबारे प्रतिक्रिया नजनाउने ब्रिटिश सरकारको नीति रहेको छ।

युक्रेनको प्रखर समर्थक रहँदै आएको यूकेले किएभलाई अमेरिकापछि सबैभन्दा धेरै सैन्य सहायता गर्दै आएको छ।  

अमेरिकी रक्षामन्त्री लोइड अस्टिनले आफ्नो देशको न्याय मन्त्रालयले एक फौजदारी अनुसन्धान सुरु गरेको र आफू उक्त चुहावटको स्रोत पत्ता लगाउन प्रतिबद्ध रहेको बताएका छन्।  



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.