Advertisement

मिनिल्याण्ड स्कुल Academic Excellence Award २०७९ द्वारा सम्मानित

0 2,141

Advertisement

०१ वैशाख, काठमाडौं । हायात प्लेस होटल, सोल्टिमोडमा आयोजित “गिता एभिएसन ग्यालेक्सी एक्सिलेन्स अवार्ड” समारोहमा कागेश्वरी मनोहरा नगरपालिका वडा नं 5, थलीमा अवस्थित मिनिल्याण्ड अंग्रेजी माध्यमिक विद्यालयलाई Academic Excellence Award २०७९ प्रदान गरियो ।

उक्त समारोहमा कार्यक्रमका प्रमुख अतिथि एवं उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल,वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठ,वरिष्ठ अभिनेता भुवन केसी, वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा तथा समाजसेवी डा.सुशिला मल्लद्वारा विद्यालयका संस्थापक अध्यक्ष जयराम वाग्ले तथा प्रिन्सिपल मणिराम वाग्लेलाई उक्त अवार्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

काठमाडौँको पुर्वी क्षेत्रको शिक्षा क्षेत्रमा विगत ३० वर्षदेखि विशेष योगदान दिएको मिनिल्याण्डले SEE परीक्षाहरूमा GPA 4 सहित उत्कृष्ट नतिजा प्राप्त गरेकोले उक्त अवार्डद्वारा सम्मानित भएको हो ।

समाजमा रहेर विभिन्न क्षेत्रमा लामो समयदेखि पुर्याएको योगदानको कदर गर्ने उद्देश्यले अवार्डको भीडमा भिन्न किसिमको अवार्ड आयोजना गरिएको आयोजक समितिका अध्यक्ष सोनितराज ढुंगेल तथा कार्यक्रम निर्देशक राज लुइँटेलले बताए ।

गीता एभिएसनका प्रमुख क्या.जनक अधिकारीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा माननीय कृष्ण प्रसाद यादव, वरिष्ठ अभिनेत्री वसुन्धरा भुषाल, वरिष्ठ संचार उद्यमी भाष्करराज राजकर्णिकार, निर्देशक तिर्थ थापा, वरिष्ठ अभिनेता किरण केसी, अमिष ढकाल, मोडल सोनाम श्रीवास्तव, नेपाल तथा भारतका पत्रकार तथा अतिथिहरुको बाक्लो उपस्थिति रहेको थियो । उक्त कार्यक्रमको संचालन दिनेश डिसीले गरेका थिए ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.