Advertisement

बेलायतको संसदले लगायो टिकटकमा प्रतिबन्ध

0 35

Advertisement

१० चैत, काठमाडौं । बेलायतको संसदले सुरक्षाको जोखिम रहेको उल्लेख गर्दै टिकटकमाथि प्रतिबन्ध लगाएको छ। तत्कालका लागि संसद्को वाईफाई नेटवर्कबाट टिकटक नखुल्ने बनाइएको हो।

संसद्का एक अधिकारीले भने सरकारले सुरक्षा सम्बन्धी समीक्षा गरेपछि यस्तो फैसला गरिएको हो। मन्त्रीहरुले आफ्नो फोनमा टिकटक डाउनलोड गरेर प्रयोग गर्न समेत पाउने छैनन्। यसैगरी सांसद र जोडिएका अन्य कर्मचारीका उपकरणबाट समेत टिकटक लगायतका एप हटाइने छन्।

टिकटकले प्रयोगकर्ताको डाटा चीन सरकारलाई दिने गरेको पश्चिमा देशहरुको आशंका छ। तर टिकटकले त्यसको खण्डन गरेको छ।

कम्पनीले बेलायत संसद्को उक्त निर्णय भ्रममा आधारित रहेको प्रतिक्रिया दिएको छ।
यसैगरी अमेरिकी सरकारले टिकटकका चिनियाँ मालिकलाई उक्त सामाजिक सञ्जाल प्लेटफर्म बेच्न वा प्रतिबन्धको सामना गर्न चेतावनी दिएको छ।

धेरैभन्दा धेरै देशहरूका प्रयोगकर्ताको डाटा चीनले एपबाट लिने गरेको भन्दै अमेरिकाले चिन्ता व्यक्त गरिरहेको हो। यसले पनि अन्य एपजस्तै तथ्यांक संकलन गर्छ। जुन तथ्यांक चीन सरकारले लिने गरेको अमेरिकी आशंका छ।

अमेरिकाले यो डाटा अमेरिकीहरूको जासुसी गर्न वा विभिन्न खालको प्रचार गर्न प्रयोग हुने सक्ने जनाएको छ। अमेरिकाले सरकारी उपकरणहरूबाट एपलाई प्रतिबन्धित गरिसकेको छ। बेलायत, क्यानडा र ईयूले पनि सरकारी उपकरणमा टिकटक प्रतिबन्ध गरेको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.