Advertisement

उपराष्ट‍्रपति निर्वाचन: किरिया बसेका सांसदले हवाई जहाजबाट आएर गरे मतदान

0 15

Advertisement

०३ चैत, काठमाडौं । उपराष्ट्रपति पदका लागि शुक्रबार भएको निर्वाचनमा किरिया बसेका सांसदले मतदान गरेका छन्। गण्डकी प्रदेशको कास्की निर्वाचन क्षेत्र नं ३ (२) का प्रदेश सभा सदस्य प्रकाश बरालले मतदान गरेका हुन्।

पिता लोकराजको निधनमा आशोच बारिरहेका बरालले आज बिहान पोखराबाट हवाई जहाजमा काठमाडौं आएर मतदान गरेका हुन्। उनी आजै दिउँसो पोखरा फर्कँदैछन्।

मतदानपछि उनले भने , ‘संविधानले दिएको जिम्मेवारी र आफ्नो कर्तव्य पूरा गर्ने सन्दर्भमा उपराष्ट्रपति निर्वाचनमा मतदानका लागि यहाँ आएर मतदान गरेको हुँ।’



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.