Advertisement

कृषि बिकास बैंकका तत्कालीन सिइओ आफैँले ८० करोड ऋण दिएको कम्पनीमा जागिर खान गए, स्वार्थ बाझिएको भन्दै राष्ट्र बैंकको चासो !

0 52

Advertisement

१८ फागुन, काठमाडौं । कृषि बिकास बैंकको वित्तीय स्थिति पछिल्लो समय निकै खराब छ । अझ त्यसमाथि नियामकीय व्यवस्था विपरित कार्य गरेको भन्दै नेपाल राष्ट्र बैंकले केही समय अगाडि बैंकलाई कार्वाहीसमेत गरेको छ । हुन पनि, ग्राहकलाई अपहरण गरेको काण्डदेखि फेक गुड फर पेमेन्ट चेक बनाएको प्रकरणसम्म बाहिरीएको यो बैंकमा तत्कालीन सिइओले गरेको अर्को ‘बदमासी’ छताछुल्ल भएको छ । बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय आफैँले ७९ करोड ३० लाख ऋण दिएको कम्पनीमा प्रमुख कार्यकारी अधिकृत भएर गएपछि यस्तो रहस्य बाहिरिएको हो ।

आफैँले पहिला ७९ करोड ऋण दिए, पछि त्यहिँ सिईओ भएर गए
केही समयअघि कृषि बिकास बैंकमा एउटा क्लाइन्टलाई दिइएको ऋणका विषयमा चर्चा सुरु भयो । तरलता अभावले बजारमा निकै समस्या भईरहेका बेला ‘सिइओको फाइल’ भन्दै एउटा कम्पनीले भने भनेकै समयमा ऋण पाउँदै थियो ।

केटीएम सिटी ब्राण्डको उत्पादक शेर्पा आउटडुअर्स नामक सो कम्पनीलाई प्राथमिकताका साथ ऋण दिन तत्कालीन सिइओ अनिल कुमार उपाध्यायले राम्रै जोडबल गरिरहेका हुन्थे । नभन्दै सो कम्पनीलाई पटक-पटक गरेर झण्डै ८० करोड कर्जा प्रवाह भयो । तर, जब अनिल कुमार उपाध्यायको बैंकमाकार्यकाल नथपिने भयो, तब उनी सोही कम्पनीको सिइओ भएर गए । शेर्पा आउटडुअर्सले सीईओको रुपमा अनिलकुमार उपाध्यायलाई सिइओको रुपमा स्वागत गरेको फेसबुक पोष्ट सार्वजनिक भएपछि बल्ल बैंकका कर्मचारीहरुले पनि उपाध्यायको चाल थाहा पाए ।

बैंकका एक उच्च तहका कर्मचारीले अहिले यो फाइलबारे रहस्य खोलेका छन् । ती कर्मचारीका अनुसार शेर्पा आउटडुअर्सअन्तर्गतका दुईवटा कम्पनीलाई उपाध्यायकै जोडबलमा बैंकको ठमेल शाखाबाट ऋण प्रवाह गरिएको छ भने कर्जा प्रवाह हुनु अगावै उनलाई बैंकको कार्यकाल नथपिएको स्थितिमा सोही कम्पनीको सिइओ बनाउने मौखिक सहमतिसमेत भएको थियो । उपाध्यायकै जोडबलमा शेर्पा आउटडुअर्स प्रालिका लागि व्यावसायिक ऋण १८ करोड ८० लाख रुपैयाँ, शेर्पा आउटडुअर्स स्पोर्टस् गुड्स इन्डस्ट्रिजका लागि बिजनेश लोनका नाममा ९ करोड ६० लाख रूपैयाँ र उपाध्याय हाल सिइओ बनेको कम्पनीका लागि ५२ करोड ९० लाख ऋण दिईएको छ । नेपाल सरकारको लगानी भएको बैंक भएकाले अर्थ मन्त्रालयमा छानविनको माग गर्दै बैंककै कर्मचारीले समेत यस बिषयमा जानकारी दिइसकेका छन् । यस बिषयमा बुझ्न खोज्दा उपाध्यायको फोन निरन्तर अफ छ ।

यता राष्ट्र बैंकले पनि राष्ट्र बैंक यश बिषयमा जानकार भएको र आवश्यक कार्वाही अघि बढेको छ । ‘उपाध्यायजी अब हुनेवाला प्रधानमन्त्रीका नजिकका मान्छे हुनुहुँदोरहेछ । यो केसलाई राष्ट्र बैंकले वास्ता नगर्नु भन्ने आशयका भनसुन पनि आएका छन् ।’ ती अधिकारीले भने- ‘तर नियामक भएकाले राष्ट्र बैंकले यो केसलाई गम्भीरतापूर्वक हेर्छ । अनीलजीको पारा हेर्दा सो फाइलमा सिधै स्वार्थ देखिन्छ, यसमा आवश्यक छानविन हुन्छ ।’

ती अधिकारीका अनुसार सो फाइलका विषयमा बुझ्न राष्ट्र बैंकले निर्देशन दिईसकेको छ । ‘अनीलजी त्यहाँ सिइओमात्र नभई पार्टनरसमेत बनेका छन् भन्ने अपुष्ट कुरा आएको छ । यदी त्यसो हो भने त सो ऋण सिधै प्रोभिजन गर्ने निर्देशन राष्ट्र बैंकले गर्न सक्छ ।’- ती अधिकारीले भने ।

यता ऋण लिने कम्पनीका प्रतिनिधीसमेत यस विषयमा बोल्न चाहाँदैनन् । हामीले समाचार प्रयोजनका लागि कम्पनीका साहुको नम्बर माग्दा पनि त्यहाँका प्रतिनिधिले आफुले आफ्ना हाकिमको फोन नम्बर दिन नमिल्ने बताए । शेर्पा आउटडुअरका सञ्चालक निमा शेर्पा हुन् । उनले ६ जनवरी १९९४ मा यो कम्पनी दर्ता गरेको देखिन्छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.