Advertisement

नाइजेरियाको नयाँ राष्ट्रपतिमा बोला टिनुबु

0 20

Advertisement

१८ फागुन, लागोस । अफ्रिकी मुलुक नाइजेरियामा बोला टिनुबु नयाँ राष्ट्रपति चयन हुनुभएको छ । सत्तारुढ दल अल प्रोग्रेसिभ कंग्र्रेसका उम्मेदवार बोला टिनुबुले ८० लाख ७९ हजार मत ल्याएको नाइजेरियाको स्वतन्त्र राष्ट्रिय निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचित ७० वर्षीय राष्ट्रपतिले आफ्ना निकटतम प्रतिद्वन्द्वी पूर्वउपराष्ट्रपति अतिकु अबुबकरलाई पराजित गर्नुभएको हो । नेता अबुबकरले छ लाख ९८ हजार मत प्राप्त गर्नुभएको छ । तेस्रो स्थानमा रहनुभएका लेबर पार्टीका उम्मेदवार पिटर ओबीले ६१ लाख मत पाएको आयोगका अध्यक्ष महमुद याकुबुले जनाउनुभएको छ । यो निर्वाचन नाइजेरियाको इतिहासमा सबैभन्दा कडा प्रतिस्पर्धा भएको थियो ।

नवनिर्वाचित राष्ट्रपति टिनुबु लागोस राज्यका पूर्वगभर्नर एवं सिनेटरसमेत हुनुहुन्छ । राष्ट्रव्यापी समर्थकहरूको विशाल भेलालाई सम्बेधन गर्दै उहाँले आफ्नो जितसँगै नाइजेरियामा नयाँ आशा पलाएको बताउनुभएको छ । उहाँले दिगो विकासमा ध्यान दिने तथा नागरिकका चाहनाबमोजित राष्ट्रिय विकासका काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सुरक्षित नाइजेरिया बनाउने जनचाहना पूरा गर्ने दृढता उहाँले व्यक्त गर्नुभएको छ ।

निवर्तमान राष्ट्रपति मुहमदु बुहारीले टिनुबुको जितको स्वागत गर्दै निर्वाचन परिणामले अफ्रिकाको सबैभन्दा ठूलो अर्थतन्त्रमा लोकतन्त्र प्रतिविम्बित भएको बताउनुभयो । राष्ट्रपति बुहारीले सुव्यवस्थित रूपमा टिनुबु र उहाँको टोलीलाई सत्ता हस्तान्तरण गर्ने बताउनुभएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.