Advertisement

रामचन्द्र पौडेलको जित निश्चित छः प्रदीप पौडेल

0 17

Advertisement

१८ फागुन, काठमाडाैँ । नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले नेपाली ८ दलीय गठबन्धनमा काँग्रेसको तर्फबाट राष्ट्रपतिमा उम्मेदवार दिएका वरिष्ठ नेता रामचन्द्र पौडेलको जित सुनिश्चित भएको दाबी गरेका छन् ।

बिहीबार काठमाडौँमा भएको ८ दलीय गठबन्धनका सांसदहरुको अभिमुखीकरण कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पाैडेलले राष्ट्रपतिको निर्वाचनमा उम्मेदवार बनेका रामचन्द्र पौडेलको पक्षमा मत माग्नकाे लागि उक्त कार्यक्रम गरेकाे उल्लेख गरेका थिए ।

उम्मेदवार पौडेल राष्ट्रपति भइसकेपछि राष्ट्रपति पदको मर्यादा कायम राख्ने र संविधानलाई अक्षुण्ड राख्दै संविधानको संरक्षकका रुपमा काम गर्ने, राष्ट्रियता राष्ट्रिय स्वाभिमानका साथ अघि बढ्नेमा विश्वस्त रहेको बताएका छन् ।

उनले भने, ” मतका हिसाबले उहाँले निर्वाचन जित्ने निश्चित छ । राष्ट्रपति पद देशको अभिभावकको रुपमा संविधानको संरक्षकको रुपमा अघि बढ्ने विगतमा भएका कमी नदोहोरिने र हस्तक्षेपकारी भूमिका नहुने कुरा हुन्छ भन्ने मेरो विश्वास छ ।”



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.