Advertisement

राष्ट्रपतिबारे छलफल गर्न कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक

0 44

Advertisement

१० फागुन, काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रपति निर्वाचनका विषयमा छलफल गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। बैठक ११ गते पार्टी कार्यालय सानेपामा बस्नेगरी बोलाइएको हो।

राष्ट्रपतिमा आफ्नो दलबाट उम्मेदवार उठाउने कि नउठाउने तथा अहिलेको वर्तमान राजनीतिक अवस्थाबारे बैठकमा छलफल हुने कार्यसूची रहेको छ।

फागुन १३ गते राष्ट्रपतिका लागि उम्मेदवारी दर्ता हुँदैछ। वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल फागुन २८ गते सकिँदैछ। निर्वाचन आयोगले फागुन २५ गते राष्ट्रपतिको निर्वाचनको मिति तोकेको छ।

कांग्रेसमा हालसम्म रामचन्द्र पौडेल र कृष्ण सिटौलाको नाम राष्ट्रपतिका लागि चर्चामा छ। त्यस्तै पार्टी सभापति शेरबहादुर देउवा नै सहमतिको राष्ट्रपति उम्मेदवार बन्नुपर्ने तर्क पनि पार्टीभित्र उठिरहेको छ। यी समग्र विषयमा छलफल गर्नका लागि सभापति देउवाले बैठक बोलाएका हुन्।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.