Advertisement

सूर्यविनायक–धुलिखेल सडक ४ लेनमा विस्तार हुँदै, ३ वर्षभित्र निर्माण सकिने

0 51

Advertisement

०७ फागुन, काठमाडौं । भक्तपुरको सूर्यविनायकदेखि काभ्रेको धुलिखेलसम्मको सडक ४ लेनमा विस्तार हुने भएको छ। अरनिको राजमार्गअन्तर्गतको सूर्यविनायक–धुलीखेल सडकको विस्तार ३ वर्षमा सक्नेगरी ठेक्का सम्झौता भएको छ।

काभ्रेको साँगादेखि धुलिखेलसम्मको पहिलो चरण र भक्तपुरको सूर्यविनायकदेखि काभ्रेको साँगासम्मको सडकखण्ड दोस्रो चरणमा सक्नेगरी छुट्टा–छुट्टै दुई चरणमा सम्झौता भइसकेको छ। कूल १५.५ किलोमिटर सडकमध्ये पहिलो चरणमा साँगादेखि धुलिखेल ८.४ किलोमिटर सडकखण्डको विस्तार ४ अर्ब ५ करोड ६४ लाख रुपैयाँ सक्नेगरी लामा कन्स्ट्रक्सनले ठेक्का पाएको छ। उक्त खण्डको विस्तार २०७९ मंसिर २७ गते ३ वर्षभित्र सक्ने ठेक्का सम्झौता भएको हो।

दोस्रो चरणमा निर्माण गरिने सूर्यविनायक–साँगा सडकखण्ड ७.५ किलोमिटर रहेको छ। उक्त खण्डको ठेक्का आशिष/कुमार श्रेष्ठ/बन्धन भगवती जेभीसँग ३ अर्ब ८८ करोड ९३ लाखमा सम्झौता भइसकेको विभागले जनाएको छ।

सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजना कार्यालयले सडकको बीचबाट दायाँबायाँ २५/२५ मिटरको मापदण्डनुसार राजमार्गअन्तर्गत पर्ने ४ नगरलाई पत्राचार गरी लगत सङ्कलन कार्यमा सहयोग गर्न अपिल समेत गरेको छ। सूर्यविनायक–धुलिखेल सडकखण्ड ४ लेनमा विस्तार गर्ने योजनाअनुरुप मापदण्डभित्रका भवन तथा संरचना हटाउन लगत सङ्कलन कार्य थालिएको छ।

२०१७ सालमा राजमार्ग बन्दा सडक दायाँबायाँ २५/२५ गज अर्थात् २२.८६ मिटर कायम गरिएको थियो। सरकारले २०३१ सालमा सडक ऐन परिवर्तन गरी लोकमार्ग फराकिलो बनाउन चाहेमा क्षतिपूर्ति दिएर मात्रै अधिग्रहण गर्ने निर्णय गरेको थियो। अब उक्त सडकखण्डमध्ये काभ्रेको बनेपा नगरको साँगादेखि बनेपा बजार नजिकको चण्डेश्वरी खोलासम्म ४.६ किलोमिटर सडकको केन्द्रबिन्दुबाट दायाँबायाँ २५ गज अर्थात् २२ दशमलव ८६ मिटर कायम हुने भएको छ। पुल निर्माणका लागि भने छुट्टै ठेक्का आह्वान गरिने आयोजनाले जनाएको छ। यसका लागि विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) मा केही परिवर्तन हुँदा पुलहरु थप निर्माण गर्न आवश्यक पर्ने भएकाले १ अर्ब लागत लाग्ने आयोजनाको अनुमान छ।

अध्ययन प्रतिवेदनअनुसार यस आयोजनामा २०/२० मिटरका ३ पुल, जगाति र महादेवखोला पेट्रोल पम्प नजिक निर्माण गरिने आयोजनाले जनाएको छ। पुलको लागत प्रतिमिटर १५ लाख रुपैयाँ अनुमान गरिएको छ। यसको अनुमानित लागत ९० करोड रुपैयाँ छ।

संघीय राजधानीबाट बागमती प्रदेशअन्तर्गत मध्यपहाडी राजमार्गका बिपी र पुष्पलाल रार्जमार्ग हुँदै पूर्वसम्मको छोटो दुरीसँग अरनीको राजमार्ग जोडिएको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.