Advertisement

एमालेको ‘मिसन ग्रासरूट’ आजदेखि सुरु हुँदै, अध्यक्ष ओलीले भर्चुअल सम्बोधन गर्दै 

0 49

Advertisement

०५ फागुन, काठमाडौं । पार्टीलाई ‘जगैदेखि बलियो’ बनाउने भनेर नेकपा एमालेले घोषणा गरेको ‘मिसन ग्रासरुट’ अभियान आज (शुक्रबार)देखि सुरु हुँदैछ। अभियानअन्तर्गत नेताहरुले प्रदेशमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नेछन्। अध्यक्ष केपी शर्मा ओलीले भने भर्चुअल माध्यमबाट सम्बोधन गर्नेछन्।

यो अभियानका लागी एमालेले ‘जिल्ला र जिम्मेवारी’ शीर्षकमा पार्टी पदाधिकारीदेखि केन्द्रीय सदस्यहरुको जिम्मेवारी तोकिएको हो। पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई समग्र अभियान संयोजक भनिएको छ। यस्तै, वरिष्ठ उपाध्यक्ष र उपाध्यक्षहरुलाई प्रदेश स्तरीय अभिमुखिकरणको जिम्मेवारी तोकिएको छ।

मिसन ग्रासरुटमा खटिने नेताहरुका लागि ११ वटा काम तोकिएको छ। सदस्यता प्रदान गर्ने, प्रशिक्षण दिने, जनप्रतिनिधि र पार्टीको सम्बन्ध सुव्यवस्थित गर्ने तथा पार्टी र समाजमा विशेष योगदान गरेकालाई सम्मान गर्ने, पार्टीका विषयमा रायसुझाव लिनेलगायत जिम्मेवारी तोकिएको बताइएको छ।

प्रदेश १ मा अष्टलक्ष्मी शाक्यलाई अभिमुखिकरणको जिम्मा दिइएको छ भने सचिव टोपबहादुर रायमाझीलाई अनुगमनको जिम्मेवारी तोकिएको छ। यस्तै, स्थायी कमिटी सदस्यहरु शेरधन राई, अग्नी खरेल, राजेन्द्र गौतम र हिक्मत कुमार कार्कीलाई खटाइएको छ।

मधेस प्रदेशमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई अभिमुखिकरणको जिम्मा दिइएको छ भने सचिव रघुवीर महासेठलाई अनुगमनको जिम्मेवारी तोकिएको छ। यस्तै, स्थायी कमिटी सदस्यहरु गुरुप्रसाद बराल, लालबाबु पण्डित, र सीता पौडेललाई खटाइएको छ।

बागमती प्रदेशमा उपाध्यक्ष सुरेन्द्र पाण्डेलाई अभिमुखिकरणको जिम्मा दिइएको छ भने सचिव गोकर्ण विष्टलाई अनुगनमको जिम्मेवारी तोकिएको छ। यस्तै, स्थायी कमिटी सदस्यहरु काशिनाथ अधिकारी, रघुजी पन्त, कृष्णगोपाल श्रेष्ठ र शेरबहादुर तामाङलाई खटाइएको छ।

गैर भौगोलिक क्षेत्र (विशेष कमिटी ) मा केन्द्रीय कार्यालयले संयोजन गर्ने गरी महासचिव शंकर पोखरेललाई अनुगमनको जिम्मेवारी तोकिएको छ। यस्तै, उपमहासचिवहरु प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, विष्णु रिमाल र कार्यालय सचिव भीष्म अधिकारीलाई खटाइएको छ।

गण्डकी प्रदेशमा उपाध्यक्ष युवराज ज्ञवालीलाई अभिमुखिकरणका लागि जिम्मा दिइएको छ भने सचिव पद्‌माकुमारी अर्याललाई अनुगमनको जिम्मेवारी तोकिएको छ। यस्तै, स्थायी कमिटी सदस्यहरु किरण गुरुङ, खगराज अधिकारी र थममाया थापालाई खटाइएको छ।

लुम्बिनी प्रदेशमा उपाध्यक्ष रामबहादुर थापा ९बादल०लाई अभिमुखिकरणको जिम्मा दिइएको छ भने सचिव छविलाल विश्वकर्मालाई अनुगमनको जिम्मेवारी तोकिएको छ। यस्तै, स्थायी कमिटी सदस्यहरु भीम आचार्य, भानुभक्त ढकाल र राजन भट्टराईलाई खटाइएको छ।

कर्णाली प्रदेशमा उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई अभिमुखिकरणको जिम्मा दिइएको छ भने सचिव योगेश भट्टराईलाई अनुगमनको जिम्मेवारी तोकिएको छ। यस्तै, स्थायी कमिटी सदस्य यमललाल कँडेल, गोरखबहादुर वोगटी र शिवमाया तुम्बाहाङ्फेलाई खटाइएको छ।

सुदूरपश्चिम प्रदेशमा उपाध्यक्ष विष्णु पौडेललाई अभिमुखिकरणको जिम्मा दिइएको छ भने सचिव लेखराज भट्टलाई अनुगमनको जिम्मेवारी तोकिएको छ। यस्तै, स्थायी कमिटी सदस्यहरु मणि थापा, विन्दा पाण्डे र कर्णबहादुर थापालाई खटाइएको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.