Advertisement

सुनको भाउ तोलामा ६०० रुपैयाँ घट्यो, चाँदी पनि सस्तिँदै

0 45

Advertisement

०४ फागुन, काठमाडाैं । सुनको भाउ बिहीबार तोलामा ६०० रुपैयाँले घटेको छ । यस्तै आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले सस्तिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३ हजार रुपैयाँ र तेजावी सुन १ लाख २ हजार ५०० रुपैयाँ निर्धारण गरिएको छ ।

बुधबार सुन तोलामा २०० रुपैयाँले सस्तिएर छापावाल सुन १ लाख ३ हजार ६०० रुपैयाँ र तेजावी सुन १ लाख ३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेको छ । बुधबार प्रतितोला १ हजार २९० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार २८५ रुपैयाँमा खरिद बिक्री भैरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा घटबढ हुने सुन र चाँदीको मूल्यका आधारमा महासंघले नेपालमा दैनिक सुनचाँदीको मूल्य तोक्दै आएको छ । आज अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस १८३९ अमेरिकी डलर र चाँदी प्रतिऔंस २१.७३ डलरमा कारोबार भइरहेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.