Advertisement

रास्वपाको कार्यबाहक सभापति र दलको नेतामा अर्याल

0 22

Advertisement

१४ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापतिमा डोलप्रसाद अर्याल चयन भएका छन् ।

सभापति पदमुक्त भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीको आकस्मिक बैठकले कार्यबाहक सभापतिको जिम्मेवारी डोलप्रसाद अर्याललाई दिने निर्णय गरेको हाे ।

बैठकले पार्टीको उपसभापतिसमेत रहेका श्रममन्त्री अर्याललाई पार्टीको कार्यबाहक सभापतिको जिम्मेवारी दिने निर्णय गरेको हो ।

यस्तै उपसभापति डोलप्रसाद अर्यालको अध्यक्षतामा पार्टी कार्यालयमा बसेको आकस्मिक बैठकले अर्याललाई नै दलको नेता बनाउने निर्णय गरेको छ ।

महामन्त्री तथा प्रवक्ता मुकुल ढकालका अनुसार केन्द्रीय समितिको निर्णय संसदीय दलको आगामी बैठकले अनुमोदन गर्नेछ ।

सर्वोच्च अदालतले उक्त पार्टीका सभापति रवि लामिछानेको नागरिकतामा कैफियत देखाउँदै विपक्षमा फैसला सुनाएपछि रास्वपाको आकस्मिक बैठक बसेको थियो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.