Advertisement

पाँच महिनामा बाहिरियो दुई अर्ब ७२ करोड रेमिट्यान्स

0 32

Advertisement

०३ माघ, काठमाडाैं । चालु आर्थिक बर्ष २०७९/८० को पहिलो पाँच महिनाको अवधिमा २ अर्ब ७२ करोड रुपैयाँ रेमिट्यान्स मुलुक बाहिर गएको छ । यो रकम भने गत आवको सोही अवधिको तुलनामा करिब सात प्रतिशतले बढी हो ।

गत आवको समिक्षा अवधिमा दुई अर्ब ५४ करोड रुपैयाँ रेमिट्यान्स बाहिरिएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

नेपालमा विश्वका विभिन्न मुलुकबाट रोजगारीका लागि आप्रवासी नागरिक आउने गरेका छन् । बिशेष गरी विदेशी लगानीमा सञ्चालनमा रहेका परियोजना, अन्तराष्ट्रिय स्तरका कम्पनी, जलविद्युत, गैर सरकारी संस्था लगायतका क्षेत्रमा विदेशी नागरिकलाई कामदारको रुपमा नियुक्त गरिन्छ ।

श्रम मन्त्रालयको तथ्यांक अनुसार नेपालमा आप्रवासी कामदारका रुपमा चिनियाँ नागरिक अधिक रहेका छन् । यद्यपी भारत, पाकिस्तान, श्रीलंका तथा बंगालदेश लगायतका मुलुकबाट पनि कामदार नेपाल भित्रने गरेका छन् । तर, यस्ता नागरिकको भने कहि कतै रेकर्ड हुँदैन । तसर्थ यस्ता आप्रवासी कामदारले पठाएको रेमिट्यान्स पनि सरकारसँग रेकर्ड नहुने नेपाल राष्ट्र बैंकले जनाएको छ ।

चालु आवको सोही अवधिमा भने ४ खर्ब ८० अर्ब ५० करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । गत आवको सोही अवधिमा भने तीन खर्ब ९० अर्ब ५१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको केन्द्रिय बैंकको तथ्यांक छ ।

श्रम मन्त्रालयको तथ्यांक अनुसार करिब १० हजार विदेशी नागरिकले श्रम स्वीकृति लिएर नेपालमा रोजगार गरि रहेका छन् भने ४७ लाख नेपाली नागरिकले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन्।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.