Advertisement

अपि पावरले आयोजनाहरूको ऋण चुक्ता गर्न बोनसपछि ४० प्रतिशत हकप्रद बेच्ने

0 23

Advertisement

०३ माघ, काठमाडाैं । अपि पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको बोनस सेयरपछि सेयरधनीबाट हकप्रद मार्फत १ अर्ब ६५ करोड रुपैयाँ पुँजी उठाउने भएको छ ।

कम्पनीले गत आर्थिक वर्षको नाफाबाट प्रस्तावित साढे ७ प्रतिशत बोनसपछि कायम हुने चुक्ता पुँजीको ४० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको हो । कम्पनीको माघ २ गते अपरान्ह ३ः३० बजे बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो प्रस्ताव गरेको हो ।

कम्पनीले निर्माण गरेको विभिन्न पाँच वटा आयोजनामा भएको ऋण लगानीको रकम चुक्ता गर्न कम्पनीले एक अर्ब ६५ करोड ३३ लाख १३ हजार ७०० मूल्यको १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद बिक्री गर्ने निर्णय गरेको हो ।

कम्पनीको पुस २१ गतेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आव २०७८/७९ बाट चुक्ता पूँजी ३ अर्ब ८४ करोड ४९ लाख १५ हजारको ७.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३९४७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

उक्त बोनस सेयर वितरणका लागि कम्पनीले विद्युत् नियमन आयोगबाट स्वीकृति पाइसकेको छ । हकप्रद निष्कासनका लागि पहिलो चरणमा विद्युत् नियमन आयोगको स्वीकृति लिनुपर्ने हुन्छ । त्यसपछि कम्पनीको वार्षिक साधारण सभाबाट पारित गराउनुपर्छ । साधारण सभाबाट पारित भएपछि दोस्रो चरणमा पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डसँग स्वीकृति लिएर मात्र हकप्रद बिक्री गर्न पाइन्छ ।

कम्पनीको सञ्चालक समितिको बैठकले पनि सबै प्रक्रिया पूरा गरेर सेयरधनीहरूबाट १ः०.४० को अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ ।सबै प्रक्रिया पूरा गर्न कम्पनीलाइ कम्तिमा पनि चार महिना लाग्नेछ ।

हाल अपि पावरको चुक्ता पुँजी ३ अर्ब ८४ करोड ४९ लाख १५ हजार रुपैयाँ रहेको । प्रस्तावित बोनस सेयरपछि कम्पनीको चुक्ता पुँजी ४ अर्ब १३ करोड ३२ लाख ८४ हजार रुपैयाँ पुग्नेछ । चुक्ता पूँजीको ४० प्रतिशतका दरले १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद सेयर जारी गरेपछि कम्पनीको पुँजी ५ अर्ब ७८ करोड ६५ लाख ९७ हजार ८९६ रुपैयाँ पुग्नेछ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.