Advertisement

मन्त्री बन्ने भएपछि लिङ्देन भन्छन्– असहमतिका बीच पनि ‘अग्निपरीक्षा’मा होमिने निर्णयमा पुगेँ

0 31

Advertisement

०३ माघ, काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी पंतिको असहमतीका बीच मन्त्री बनेर ‘अग्निपरीक्षा’मा होमिने निर्णयमा पुगेको बताएका छन्।

उपप्रधानमन्त्री तथा उर्जा मन्त्रीको नेतृत्व लिँदै सरकारमा सहभागी हुने भएपछि लिङ्देनलले उक्त अभिव्यक्ति दिएका हुन्।

लिङ्देनले सामाजिक सञ्जालमा लेखेका छन्,‘आफ्ना समर्थक तथा शुभेच्छुकहरूको ठूलो पङ्क्तिको असहमतिका बीच पनि यो अग्निपरीक्षामा होमिने निर्णयमा पुगेँ, जो ढिलो या चाँडो मेरा लागि अनिवार्य थियो,’ लिङ्देनले लेखेका छन्, ‘प्रिय जनहरू, असम्भव जस्तो लागे पनि म खरो उत्रनेछु। धैर्यता र सहयोगका लागि अपिल गर्दछु।’

राप्रपा उपप्रधानसहित ३ मन्त्री र १ राज्य मन्त्री लिएर पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारमा सहभागी हुने भएको छ।

लिङ्देन लगायत नवनियुक्त मन्त्रीहरुले मंगलबार १ बजे सपथ ग्रहण गर्ने छन्।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.