Advertisement

युक्रेनको राजधानी किभमा रुसी सेनाद्वारा हवाई आक्रमण

0 23

Advertisement

१८ पुस, एजेन्सी । युक्रेनको राजधानीमा किभमा आइतबार राति रुसी सेनाद्वारा हवाई हमला गरिएको छ। शहरका विभिन्न जिल्लामा विस्फोटन भएको स्थानीय अधिकारीहरूले बताएका छन्।

किभ शहर सैन्य प्रशासनले जनाएअनुसार एयर डिफेन्सले राजधानी विरुद्ध शुरू गरिएका सबै ३२ वटै हवाइ आक्रमणहरूलाई निस्तेज गरिएको बताएको छ।

हवाई अवरोधका भग्नावशेषले केन्द्रीय शेभचेन्किभ्स्की जिल्लामा एउटा निजी कारलाई मान्य क्षति पुगेको छ भने स्थानीय सबवेको सञ्चालनमा बाधा पुगेको छ।

यसैगरी किभ क्षेत्रमा ड्रोन आक्रमणमा पूर्वाधार सुविधा क्षतिग्रस्त भएको किभ क्षेत्रीय सैन्य प्रशासन प्रमुख ओलेक्सी कुलेबाले टेलिग्राममा बताएका छन्। यद्यपि युक्रेनी आक्रमणबाट राजधानी र किभ क्षेत्रमा कुनै हताहतीको भने भएको छैन।

रुसले जम्माजम्मी ४५ लडाकु ड्रोनहरू प्रक्षेपण गरेको छ। त्यसमध्ये ३२ वटा आइतबार मध्यरातपछि र शनिबार अबेर राति १३ वटा प्रहार गरइएको थियो। यद्यपि ती सबैलाई युक्रेनको हवाई रक्षाले खसालेको युक्रेनी सशस्त्र सेनाको वायुसेना कमाण्डले जनाएको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.