Advertisement

कञ्चनपुरमा बसको ठक्करबाट विद्यार्थीको मृत्यु, पूर्व–पश्चिम राजमार्ग बन्द

0 89

Advertisement

०१ पुस, धनगढी । कञ्चनपुरमा बसको ठक्करबाट विद्यार्थीको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तरगत कञ्चनपुरको वेदकोट नगरपालिका–७ सुडामा शुक्रबार बिहान बसको ठक्करबाट २१ वर्षीय कविराज वैद्यको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दार्चुलातर्फ गइरहेको ना ६ ख ६५२१ नम्बरको यात्रुबाहक बसले ठक्कर दिंदा साइकल चढेर क्याम्पस गइरहेका वैद्यको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भरतराज गिरीले जानकारी दिए ।

वैद्य महेन्द्रनगरको कञ्चन विद्या मन्दिर सामुदायिक क्याम्पसमा स्नातक तह प्रथम वर्षमा अध्ययनरत विद्यार्थी हुन् । उनको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ ।

यसैबीच घटनाको विरोधमा स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । दोषीलाई कारवाही र पीडित परिवारलाई क्षतिपूर्तिको माग गर्दै स्थानीयले राजमार्ग अवरुद्ध गरेपछि सवारीसाधन चल्न सकेका छैनन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.