Advertisement

दलको कार्यालय व्यवस्थापनमा जुट्यो सुदूरपश्चिम प्रदेश सभा सचिवालय

0 106

Advertisement

१७ मंसिर, धनगढी । भर्खरै सम्पन्न प्रदेश तथा प्रतिनिधि सभा २०७९ को निर्वाचनबाट प्रदेश सभा सदस्यहरुहरुको नतिजा आउने क्रम जारी रहेको छ। हालसम्म सुदूरपश्चिम प्रदेशको बाजुराबाहेक सबै जिल्लाबाट प्रदेश सभाको नतिजा सार्वजनिक भइसकेको छ।

सुदूरपश्चिम प्रदेशका ९ जिल्लामध्ये बाजुराका दुई स्थान बाहेक प्रत्यक्षतर्फका ३२ वटा निर्वाचन क्षेत्रमध्ये कांग्रेसका ११, माओवादीका ८, नागरिक उन्मुक्ति पार्टीका ५, एकीकृत समाजवादीका २, एमालेका ३ स्वतन्त्र १ जना उम्मेदवार निर्वाचित भएका छन्।

२०७४ सालको निर्वाचनमा यस प्रदेशमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी गरी चार दल निर्वाचित भएका थिए। तर, २०७८ सालमा पार्टी विभाजनपछि यस प्रदेशमा छ दल बनेको थिए।

स्वागत गर्ने तयारीमा प्रदेश सभा
निर्वाचनको परिणम अन्तिममा पुग्दैगर्दा सुदूरपश्चिम प्रदेश सभा सचिवालयका कर्मचारी नवनिर्वाचित प्रदेश सभा सदस्यको स्वागतको तयारीमा जुटेका छन्।

यस प्रदेशमा छ दल बनेपछि संसदीय दलका कार्यालयको व्यवस्थापन, प्रदेश सभा बैठक हलको व्यवस्थापन, सभा सञ्चालनका लागि आवश्यक पर्ने विजनेशलगायतको तयारीमा प्रदेश सभा जुटिरहेको छ।

प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले प्रदेश सभा सदस्यको स्वागतका लागि सचिवालय तयारीमा जुटेको बताए। उनले कार्यालय व्यवस्थापन, रंगरोगन, कुर्सी व्यवस्थापन लगायतका काम भइरहेको बताए।

उनले भने, ‘बैठक सञ्चालनको तयारी गर्न कुनै समस्या छैन। तर, दलको कार्यालयको व्यवस्थापनमा केही जटिलता देखिएको छ।’

२०७४ सालमा जिल्ला समन्वय समिति कैलालीको भवनमा प्रदेश सभा सचिवालयको कार्यालय बनाइएको थियो। जिल्ला समन्वय समितिले व्यापारिक परियोजनाका लागि बनाएको भवनमा संसदीय दल र विषयगत समितिको कार्यालय व्यवस्थापन गरिएको थियो।

अहिले धनगढी उपमहानगरपालिकाले सडक विस्तार गर्ने क्रममा सो भवनको केही भाग हटाउनुपरेपछि सचिवालयलाई व्यवस्थापन गर्न चुनौती देखिएको छ।

सचिव बोगटीले भने, ‘संसदीय दलको कार्यालयको व्यवस्थापनका लागि सचिवालय लागि रहेको छ। दलको कार्यालय रहेको भवनको केही भाग हटाउँदा हामी अहिले मर्मत सम्भारमा जुटेका छौं।’



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.