दोलखामा माओवादी केन्द्रका गंगा कार्कीलाई अग्रता
१६ मंसिर, काठमाडौं । दोलखाको प्रतिनिधि सभा निर्वाचनमा नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीले अग्रता लिएका छन्। उनले १ हजार ६ सय ५४ मत प्राप्त गरेका छन्।
कार्कीलाई पछ्याउँदै नेकपा एमालेका उम्मेदवार बालकृष्ण सिवाकोटीले ९ सय ११ मत प्राप्त गरेका छन्। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका जगदीश खरेलले ११८ मत ल्याएर तेस्रो स्थानमा छन्।
दोलखाको मतगणना बिहीबार रातिबाट सुरु भएको हो। मंसिर ४ गते दोलखाका विभिन्न स्थानमा मतदान स्थगित भएपछि यही हिजो १५ गते निर्वाचन आयोगले पुन: मतदान गराएको थियो।