Advertisement

नेपालको राजनीतिलाई ओलीले दुर्गन्धित बनाए : घनश्याम भुसाल

0 118

Advertisement

०१ कार्तिक, काठमाडाैं । नेकपा एमालेबाट विद्रोह गरेर रुपन्देही क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका घनश्याम भुसालले एमाले अध्यक्ष केपी ओलीले नेपालको राजनीति दुर्गन्धित बनाएको आरोप लगाएका छन् । सत्तारुढ गठबन्धनको समेत समर्थनमा उम्मेदवार बनेका भुसालले मंगलबार देवदहमा गठबन्धनको सम्पर्क कार्यालय उद्घाटन गर्दै भने, ‘प्रधामन्त्रीको कुर्सीमा बसेर संसद र संविधानलाई प्रहार गर्ने ओलीले नै नेपालको राजनीति दुर्गन्धित, धमिलो र फोहोर बनाएका हुन् ।’

संसद र संविधानको रक्षाका लागि आफूले पार्टीमा सधैँ संघर्ष गरेको स्मरण गर्दै भुसालले ओलीले अराजनीतिक गतिविधि नगरेको भए मुलुकको राजनीति अहिले अर्कै अवस्थामा पुगिसकेको हुन्थ्यो भन्ने जिकिर गरे । ओलीले पार्टीभित्र व्यक्तिवाद लाद्ने र बाहिर अराजनीतिक गतिविधि गरेका कारण पार्टीमा विभाजन आएको उनको भनाइ छ ।

संविधान निर्माणपछि देश विकास र समृद्धिको दिशामा अघि बढ्न लागेको बेला ओलीले नेपालको राजनीति धमिल्याउने काम गरेको उनको आरोप छ ।

भुसालले आफ्नो उम्मेदवारीले सिङ्गो देशकै ध्यान रुपन्देही–१ मा केन्द्रित भएको पनि चर्चा गरे । रुपन्देही–१ पूर्वाधार विकासमा पछि परेकाले यसको समृद्धिका लागि अब आफूले पहल गर्ने उनले बताए ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.