Advertisement

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि औषधिसहित एक सय आठ स्वास्थ्यकर्मी परिचालन

0 86

Advertisement

२८ असाेज, काठमाडौं । पोखरा-पर्यटकीय नगरी पोखरामा शुक्रबारदेखि सुरु हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ का लागि औषधिसहित एक सय आठ स्वास्थ्यकर्मी परिचालन हुने भएका छन् ।
राष्ट्रिय खेलकूद परिषद् नवौँ राष्ट्रिय खेलकूद प्रतियोगिता अन्तर्गत गठित स्वास्थ्य उपसमितिका संयोजक प्रा डा बुलन्द थापाले स्वास्थ्य उपसमितिले आफ्नो काम प्रतियोगिता सुरु भएका दिनदेखि नै थालिसकेको जानकारी दिनुभयो ।

औपचारिकरुपमा शुक्रबार उपराष्ट्रपति नन्दबहादुर पुनले खेलको शुभारम्भ गर्नुहुने भए पनि केही खेल भने पाँच दिनदेखि नै सुरु भएका छन् । डा थापाका अनुसार पोखरा रङ्गशाला तथा वरवरका खेल मैदानमा हुने प्रतियोगितामा सहभागी खेलाडी, अफिसियल कर्मचारी, प्रशिक्षक तथा रेफ्रीको औषधि उपचारमा चिकित्सकसहित एक सय आठ जना स्वास्थ्यकर्मीको समूह खटिएको छ भने १६ वटा एम्बुलेन्स तयारी अवस्थामा राखिएका छन् ।
यसै प्रतियोगिताअन्तर्गत कास्कीबाहेक अन्य जिल्ला स्याङ्जा, पर्वत, म्याग्दी, गोरखा, तनहुँ , बागलुङ, नवलपुरमा खेलाइने खेलमा औषधि, स्वास्थ्यकर्मी र एम्बुलेन्सको व्यवस्था भइसकेको जानकारी स्वास्थ्य उपसमितिका सचिव दोबे तामाङले दिनुभयो । बाहिरी जिल्लामा खेलअगावै स्वास्थ्य उपचारको व्यवस्था स्वास्थ्य उपसमितिले मिलाइसकेको जानकारी सचिव तामाङले दिनुभयो ।

प्रतियोगिता भइरहेका अवस्थामा खेलाडी तथा अन्य व्यक्ति घाइते वा बिरामी भएमा उनीहरुको पहिलो उपचार खेल मैदानमा, मैदानमा सम्भव नहुने उपचार पोखरा रङ्गशालाभित्र नै स्थापना गरिएको स्वास्थ्य केन्द्रमा गरिने जानकारी डा थापाले दिनुभयो ।

स्वास्थ्य केन्द्रमा पनि उपचार सम्भव नभएका खण्डमा घाइतेको उपचार गर्न पोखराका चार वटा अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, गण्डकी मेडिकल कलेज, मेट्रो सिटी अस्पताल र अन्नपूर्ण अस्पतालमा उपचारका लागि सम्झौता गरिएको छ । ती अस्पतालमा पनि उपचार सम्भव नभएको खण्डमा घाइते वा बिरामी खेलाडी तथा अफिसियल कर्मचारीलाई हेलिकप्टरमार्फत काठमाडौँका सुविधा सम्पन्न अस्पतालमा उपचारका लागि लाने व्यवस्थासम्म स्वास्थ्य उपसमितिले गरेको जानकारी डा थापाले दिनुभयो ।

पोखरा बाहिर कास्कीका विभिन्न खेल मैदानमा खेलाइने प्रतियोगितामा समेत चिकित्सकसहित एम्बुलेन्स सेवा खेल अवधिभर रहने जानकारी स्वास्थ्य उपसमितिले दिएको छ । लामो यात्रा तथा हावापानी नमिलेकै कारण बिरामी परेको केही खेलाडीले पोखरा रङ्गशालामा स्थापना गरिएको स्वास्थ्य केन्द्रमा उपचार लिइरहेका छन् । डा थापाका अनुसार कुनै खेलाडी वा अफिसियल कर्मचारी बसेको होटलमा बिरामी परेर खबर प्राप्त भएका खण्डमा एम्बुलेन्ससहित चिकित्सकको टोली त्यही पुगेर उपचार प्रदान गर्ने व्यवस्थासमेत मिलाइएको छ ।

पोखरा रङ्गशालामा स्थापना गरिएको स्वास्थ्य केन्द्र जस्ता पाताको टहरो भएको र टहराको उचाइसमेत कम भएकाले उपचार केन्द्रमा गर्मी हुनुका साथै बिरामीलाई समेत असहज बनिरहेको जानकारी डा थापाले दिनुभयो ।

उक्त भवन स्वास्थ्य मापदण्डअनुसार नभएको जानकारी स्वास्थ्यकर्मीले दिएका छन् । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा देशैभरिका आठ हजारभन्दा बढी खेलाडी सहभागी हुन आइसकेका छन् । राष्ट्रिय खेलकुद परिषद्ले खेलाउने ३६ वटा खेलमध्ये २६ वटा खेल पोखरा तथा पोखरा आसपासमा सम्पन्न हुने भएका छन् भने केही खेल कास्की जिल्ला बाहिर र दुई खेल काठमाडौँमा खेलाइने भएको छ । दुलही झैँ सिङ्गारिएको पोखरा रङ्गशाला यतिबेला खेलाडी तथा अफिसियल कर्मचारी, रेफ्री, कोच र खेलाडीले खचाखच बनेको छ ।

पुरुष हक्कीमा आर्मीको विजयी सुरुआत
पर्यटकीय नगरी पोखरामा सुरु नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत भएको पुरुष हक्की खेलमा नेपाल आर्मीले विजयी सुरुआत गरेको छ । पोखरा–२५ हेम्जास्थित गौरीशङ्कर खेल मैदानमा भएको पुरुष हक्कीतर्फको उद्घाटन खेलमा नेपाल आर्मीले गण्डकी प्रदेशलाई ४–० गोल अन्तरले पराजित गरेको हो ।

खेलको नवौँ मिनेटमा आर्मीका लागि राजेन्द्र कार्कीले गोल गर्दै अग्रता दिनुभएको थियो भने २८औँ मिनेटमा कार्कीले नै दोस्रो गर्दैै अग्रता दोब्बर बनाउनुभएको थियो । खेलको ३७औँ मिनेटमा प्रदीप राजवंशीले तेस्रो गोल गर्नुभयो भने ४२औँ मिनेटमा रोमन रानाले गोल गर्दै आर्मीलाई ४–० को फराकिलो जीत दिलाउनुभएको थियो ।
मैदान ढिलो तयार हुँदा प्रतियोगिताको उद्घाटन पनि निर्धारित समयभन्दा केहीबेर ढिला भएको थियो । उद्घाटन खेल सुदूरपश्चिम प्रदेश र प्रदेश नं १ बीच हुने भनिए पनि पहिलो खेलको समय गुज्रिएपछि नेपाल आर्मी र गण्डकी प्रदेशबीच भएको थियो ।

महिला हक्कीमा गण्डकी प्रदेशको विजयी सुरुआत
यस्तै महिला हक्की प्रतियोगितामा गण्डकी प्रदेशले विजयी सुुरुआत गरेको छ । गण्डकी बोर्डिङ स्कुल लामोचौर पोखराको मैदानमा आजदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा गण्डकीले प्रदेश १ लाई ७–० अन्तरले पराजित गर्दै विजयी सुरुआत गरेको हो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.