Advertisement

युक्रेनमा आणविक हतियार प्रयोग नगर्न रुसलाई बाइडेनको चेतावनी

0 69

Advertisement

०२ असाेज, एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्ना रूसी समकक्षी भ्लादिमिर पुटिनलाई युक्रेनमा रासायनिक वा सामरिक आणविक हतियार प्रयोग नगर्न चेतावनी दिएका छन् । युक्रेनमा पछिल्लो दिनमा व्यहोरेको गम्भीर क्षतिपछि रुसले रासायनिक तथा आणविक हतियार प्रयोग गर्नु सक्नेबारे राष्ट्रपति बाइडेनलाई सोधिएको प्रश्नमा बाइडेनले त्यसो गर्नु रुसका लागि ठूलो गल्ती हुने बताएका हुन् ।

यसै महिना युक्रेनमा ठूलो क्षति बेहोरिरहेको रुसले रासायनिक वा सामरिक आणविक हतियारको सहारा लिने सम्भावनाबारे एक अन्तर्वार्ताकारले सोधेको प्रश्नको जवाफमा बाइडनले उक्त कुरा बताएका हुन् । बाइडेनले भने, “दोस्रो विश्वयुद्धपछिको जस्तो युद्धको स्वरूप परिवर्तन गर्नुहुनेछ ।” यदि युद्धमा थप विवेक गुमाएमा उनी (रूसी) हरू विश्वमा अस्वीकृत हुनेछन् ।

युक्रेनले पश्चिमी मुलुकबाट सहयोगका रुपमा प्राप्त भारी हतियारका भरमा रुसी सेनाको कब्जामा रहेका पूर्वका केही भूभाग युक्रेनले पुनः कब्जा गरेको छ । उता, रसियाको कब्जामा रहेको इज्युम शहरबाहिर एउटा सामूहिक चिहान फेला परेपछि मस्कोले पश्चिमा मुलुकहरूबाट नयाँ आक्रोशको सामना गरिरहेको छ । कीभका अधिकारीहरू भन्छन्, “निकालिएका प्रायः सबै शवहरूमा यातनाको सङ्केत देखिएको छ ।”

तर पुटिनले रुसको पश्चिमा झुकाव भएको छिमेकी विरुद्ध आफ्नो युद्ध योजनाअनुसार नै अघि बढिरहेको बताउँदै आएका छन् । पुटिनले शुक्रबार भने, “यो योजना यही अवस्थामा रोकिने स्थिति छैन ।” उनले भने, “डोनबासमा हाम्रो आक्रामक अभियान पनि रोकिएको छैन । तर त्यो केही सुस्त गतिमा चलिराखेको छ । रुसी सेनाले नयाँ र नयाँ भूभाग कब्जा गरिरहेको छ ।”



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.