Advertisement

झनै संक्रामक बन्दै डेंगु महामारी

0 113

Advertisement

०२ असाेज, काठमाडौं । डेंगु संक्रमण सन २००४ मा पहिलोपटक नेपालमा पुष्टि तथा सन २०१९ मा ६८ जिल्लामा फैलिई १७ हजार ९ सय ९२ जना संक्रमित र ६ जनाको ज्यान गएको थियो भने यस साल साउनदेखि भदौ मसान्तसम्म ७५ जिल्लामा फैलिई १३ हजार बढी संक्रमित र १३ जनाको मृत्यृ भइसकेको छ ।

संक्रमण बढ्दै जाँदा अस्पतालमा जटिल लक्षण लिएर आउने बिरामी पनि बढेका छन् । काठमाडौं, ललितपुर, मकवानपुर, रूपन्देही, दाङ, भक्तपुर, धादिङ, तेह्रथुम, काभ्रे र चितवन गरी १० जिल्ला उच्च जोखिममा छन् । संक्रमितको संख्या आकासिएको, अस्पतालमा बढेको चाप, भर्ना भएरै उपचार गर्ने र आईसीयूसम्मै पुग्ने बिरामीको संख्या थपिँदो छ, जसले झनै प्रकोप र भयानकता देखाउनेमा आशंका छैन ।

टेकु अस्पतालले डेंगु क्लिनिक सुरु गर्दा ज्वरोका लागि भनेर गरेको थियो ’अबगकभ कडा समस्या भएको देखिएको थिएन । तर, पछिल्लो समय डेंगुको विशेष औषधि हुँदैन, ज्वरो र शारीरिक पीडा कम गर्न सिटामोलबाहेकको औषधि प्रयोग गर्न नहुने तथा आयुर्वेदिक र होमियोप्याथीप्रतिको विश्वासले धेरै संक्रमित घरमै बस्न थालेका छन् ।

अस्पताल नजाने, ज्यादै ढिला जाने, सिटामोलले ज्वरो र दुखाइ कम नभएपछि ब्रुफेन, एस्प्रिन सेवन गर्ने, पुनः भिन्दै सेरोटाइपबाट संक्रमित, प्लेटलेट बढाउन अनियन्त्रित र जथाभावी वैकल्पिक औषधि लिने र ज्यादै जटिल भएपछि मात्र अस्पताल पुग्दा कोभिड दोस्रो लहरमा झंै बेहोस र प्रांगणमै ढल्ने दैनिक एकपछि अर्को देखिँदै छ । जबकि, विगतमा यस्तो कहिल्यै नदेखिएको वरिष्ठहरू बताउँछन् । यो समाचार राजधानी दैनिकमा छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.