Advertisement

भारतलाई हराउँदै नेपाल फाइनलमा, भारत फाइनल नपुगेको यो पहिलो पल्ट

0 96

Advertisement

३१ भाद्र, काठमाडौँ । साफ वुमेन्स च्याम्पियनसिप २०२२ को फाइनल नेपाल र बंगलादेशबीच हुने भएको छ । नेपालले दशरथ रंगशालामा भएको रोमान्चक दोस्रो सेमिफाइनलमा भारतलाई १-० ले हराएर उपाधि भीडन्तसम्म पुगेको हो ।

उपाधिको भीडन्त सोमबार हुनेछ । यस क्रममा प्रतियोगिताले नयाँ च्याम्पियन पाउनेछ । प्रतियोगिताकै इतिहासमा भारत फाइनल नपुगेको यो पहिलो पल्ट हो । नेपालले भने पाँचौँपल्ट फाइनल खेल्नेछ।

भारतको यो लगातार दोस्रो हार हो । यस अगाडि भारत लिग चरणमा बांग्लादेशसँग पनि पराजित भएको धियो । भारत यस अगाडिका सबै संस्करणको विजेता हो ।

साफ च्याम्पियनसिपको इतिहासमा भारतमाथि नेपालको यो पहिलो जित हो । समग्रमा नेपालले भारतलाई हराएको दोस्रो पल्ट हो । यस अगाडि सन् २०१९ को हिरो गोल्डकपमा पराजित गरेको थियो ।

नेपालको लागि ४५ औं मिनेटमा रश्मी घिसिङले निर्णयक गोल गरेकी हुन् । प्रिती राईको सटिक पासमा उनले पेनाल्टी एरियाबाट सुन्दर प्रहारमा बललाई पोस्टको दिशा दिइन् ।

यस अगाडि पहिलो सेमिफाइनलमा बंगलादेशले भुटानलाई ८-० ले हराएको थियो । त्यसमा सबिना खातुनले ह्याट्रिक गरिन् । बंगलादेश फाइनल पुगेको यो दोस्रो पल्ट मात्र हो । यस अघि बांग्लादेशले सन् २०१६ को फाइनल खेलेको थियो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.