Advertisement

माओवादी पार्टी कमजोर भयो भने प्राप्त उपलब्धि उल्ट्याउने षड्यन्त्र हुनसक्छ : प्रचण्ड

0 69

Advertisement

३० भदाै, काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी पार्टी कमजोर र जनतासँगको सम्बन्ध सुमधुर हुन नसके संघर्ष र बलिदानबाट प्राप्त उपलब्धि उल्ट्याउने षड्यन्त्र हुन सक्ने बताएका छन्।

बिहीबार पोष्टबहादुर बोगटीको ८ औँ स्मृति दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्राप्त उपलब्धि उल्टिन सक्ने खतरा औँल्याएका हुन्।

‘माओवादी पार्टी कमजोर भयो, माओवादी र जनताको सम्बन्ध सुमधुर हुन सकेन भने कुनै पनि बेला संघर्ष र बलिदानबाट प्राप्त भएको उपलब्धि उल्ट्याउने षड्यन्त्र हुन सक्छ।’ उनले भने, ‘हामीले त्यो कुरा पनि गत साल अनुभव गर्‍यौँ।’

एउटा सपना देखेर नेपालका कम्युनिष्ट पार्टीहरुलाई एक ठाउँमा उभ्याउँदै वाम एकता गरेको तर त्यो टुड्दा देश झन्डै दुर्घटनामा परेको उनले बताए।

‘वाम एकता टुड्दा राजनीतिक स्थायित्व र समाजवादको महान यात्रा सुरु गर्ने भनेर देखेको सपना पूरा हुन सकेन। व्यक्तिवादी, अराजकतावादी तथा असाध्यै आत्मकेन्द्रित प्रवृत्तिका कारण देश झन्डैझन्डै पोहोर साल दुर्घटनामा जाने खतरा पैदा भएको थियो।’ उनले भने, ‘माओवादी पार्टीकै जोडबलले त्यो विघटन र प्रतिगमनको प्रवृत्तिलाई सफल हुन दिइएन।

यो कुरा पनि अर्को सत्य हो। त्यस कारण यो परिवर्तन ल्याउन र यसको रक्षा गर्दै अगाडि बढाउन माओवादी पार्टी बलियो हुन जरुरी छ। माओवादी पार्टी कमजोर भयो अब भन्ने दिन चाहिँ परिवर्तनको रक्षा गर्न धेरै गाह्रो पर्छ।’



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.