Advertisement

ऋण तिर्न आयल निगमलाई ११ अर्ब ९ करोडको स्रोत सुनिश्चित

0 89

Advertisement

०१ साउन, काठमाडौं । इन्धन खरिदको बक्यौता तिर्न नेपाल आयल निगमलाई सरकारले ११ अर्ब ९ करोड रुपैयाँ रकम सुनिश्चितता गरिदिएको छ । जसमा ७ अर्ब रुपैयाँ सरकारले खोजेको ऋण हो भने बाँकी रकम आयल निगमलाई अर्थ मन्त्रालयले दिन बाँकी रहेको बक्यौता हो ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले निगमलाई ७ अर्ब रुपैयाँ ऋण उपलब्ध गराउने निर्णय गरेको थियो । त्यस लगत्तै अर्थ मन्त्रालयमा बसेको बैठकले सार्वजनिक ऋण व्यवस्थापन कार्यालयमार्फत निगमलाई उक्त ऋण उपलब्ध गराउने निर्णय गरेको हो । सम्झौता हुन बाँकी रहेका कारण ऋणको ब्याजदर भने स्पष्ट भई नसकेको निगमका प्रवक्ता विनितमणि उपाध्ययले बताए ।

यस्तै अर्थ मन्त्रालयले निगमलाई भ्याट फिर्ता बापत दिन बाँकी ३ अर्ब ५० करोड रुपैयाँ पनि निगमलाई फिर्ता गर्ने भएको छ । आन्तरिक राजश्व विभागबाट सो बापतको रकम निगमलाई आउने छ ।

यस्तै जेठ महिनामा घटाइएको पूर्वाधार करको सोधभर्ना पनि निगमले पाउने भएको छ । त्यसबापत ५९ करोड रुपैयाँ अर्थले निगमलाई उपलब्ध गराउने प्रबक्ता उपाध्यायले बताए । इन्धन खरिद बापत भारतीय आयल कर्पोरेसन (आईओसी) लाई निगमले ३१ अर्ब रुपैयाँ भन्दा बढी रकम तिर्न बाँकी रहेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.