Advertisement

भरतबन्धु थापा कर्णाली प्रदेशको ‘पर्यटन दूत’ मनोनित

0 106

Advertisement

२० असार, काठमाडाैँ । लेखक तथा फोटो पत्रकार भरतबन्धु थापा कर्णाली प्रदेशको ‘पर्यटन दूत’ मनोनित भएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको कर्णाली प्रदेश समितिले थापालाई पर्यटन दूत बनाएको हो ।

कर्णालीका पर्यटकीय गन्तव्यको पहिचान र प्रचार–प्रसार, कला–संस्कृति र जनजीवनको अभिलेखिकरण एवं समृद्ध कर्णालीको पक्षमा निरन्तर योगदान पुर्याए बापत थापालाई पर्यटन दूत मनोनित गरिएको महासंघको उद्योग वाणिज्य महासंघका प्रदेश अध्यक्ष पदमबहादुर शाहीले बताए ।

शाहीका अनुसार असार १७ गतेको कार्यकारिणी समिति बैठकले यो निर्णय गरेको हो । थापा दैलेखको भगवतीमाई गाउँपालिका–४ निवासी हुन् । उनी लामो समयदेखि फोटो पत्रकारका रुपमा सक्रिय छन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित ‘तस्बिरमा नेपाल’ सहित पाँचवटा पुस्तक प्रकाशित गरेका थापा प्रकृति र जनजीवनको फोटो खिच्न रुचाउँछन् । थापा सामाजिक अभियानमा पनि सक्रिय छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.