Advertisement

प्रि-ओपनिङ्गमा नेप्से २ अंकले बढ्यो

0 135

Advertisement

२६ जेठ, काठमाडाैँ । बिहीबारको प्रि ओपनिङ्गमा नेप्से २ अंकले बढेको छ । नेपाल धितोपत्र बोर्डको ३० औं वार्षिकोत्सवको अवसरमा अर्थमन्त्री जनार्दन शर्माले सेयर धितोकर्जामा लागू रहेको ४-१२ को नीति परिमार्जन गर्ने बताएपछि बुधबार बजार सूचक ६०.२२ अंकले बढेको थियो ।

साढे दश देखि पौने एघार बजेसम्मको पन्ध्र मिनेट अवधिमा ७ कम्पनी कारोबारमा आएका छन् । जसमध्ये ३ कम्पनीको भाउ बढेको छ । २ कम्पनीको भाउ घट्दा २ कम्पनीको भाउ यथावत रहेको छ ।

नेप्से २ अंकले बढेसँगै सूचक २ हजार ८२ दशमलव ४४ बिन्दुमा पुगेको छ । यस अवधिमा ७ कम्पनी ३४६ कित्ता सेयर १५ वटा कारोबार मार्फत १ लाख ६९ हजार ८८ रुपैयाँमा खरीद बिक्री भएका छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.